जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टारमा खत्री

गाेल्डेन बुढा

जुम्ला,२५ भदौ।

जुम्ला बहुमुखी क्याम्पसको कक्षाकोठाबाट सुरु भएको प्रकाशचन्द्र खत्रीको प्राध्यापन यात्रा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक नेतृत्वमा पुगेको छ। २०६४ सालमा शिक्षण सहायकका रूपमा सेवा सुरु गरेका खत्री बुधबार प्रतिष्ठानको रजिस्टार नियुक्त भएका हुन्।त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को गत पुस २८ गतेको निर्णयअनुसार क्याम्पस प्रमुख नियुक्त भएका खत्रीलाई प्रतिष्ठानको रजिस्टारको जिम्मेवारी दिइएको हो। उनले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट शपथ लिए।खत्रीको नियुक्तिसँगै प्रतिष्ठानमा चार पदाधिकारीले एकैपटक जिम्मेवारी पाएका छन्। शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, डीनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका छन्।रजिस्टारका लागि १५ जना प्रतिस्पर्धामा थिए। दीर्घराज जोशी, ओमप्रकाश काफ्ले, विवेक पुन मगर, डा. भूमेश काफ्ले, डम्बरबहादुर महत, भुवनबहादुर रोकाया, छमबहादुर अधिकारी, द्वन्द्वबहादुर शाही, सविना थापा, मोतिलाल महतारा, रविन भण्डारी, डा. सुवि बस्न्यात, मकेन्द्रबहादुर शाही, प्रकाशचन्द्र खत्री र प्रेमप्रसाद पन्तले आवेदन दिएका थिए।शिक्षाध्यक्षमा पाँच र डीनमा आठ जनाबीच प्रतिस्पर्धा भएको थियो। शिक्षाध्यक्षका लागि प्रा.डा. शेषानन्द सञ्जेल, प्रा.डा. उमेशराज अर्याल, प्रा.डा. धर्मदत्त सुवेदी, प्रा.डा. मुनीराज क्षेत्री र प्रा.डा. क्षितिज उपाध्याय डुङ्गेलले आवेदन दिएका थिए।डीनका लागि डा. सुधीरकुमार साह, प्रा.डा. कृष्णकुमार झा, डा. चन्द्रकुमार ठाकुर, प्रा.डा. विकास गौचन, डा. सन्दीप श्रेष्ठ, निशान्त लामा, प्रा.डा. दीपक काफ्ले र डा. मुकेश जैसवार प्रतिस्पर्धामा थिए। अस्पताल निर्देशकमा भने डा. विनम्र विष्टको मात्रै आवेदन परेको थियो। विष्ट यसअघि प्रतिष्ठानको शिक्षण अस्पतालमा निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए।जुम्लाको तातोपानी गाउँपालिका निवासी खत्रीले २०६४ सालमा जुम्ला बहुमुखी क्याम्पसमा नेपाली शिक्षा विषयको शिक्षण सहायकबाट प्राध्यापन थालेका थिए। २०७४ सालदेखि उपप्राध्यापकका रूपमा कार्यरत उनी क्याम्पस प्रमुखको जिम्मेवारीमा पुगेका थिए।क्याम्पस प्रमुख हुँदा खत्रीले जुम्ला बहुमुखी क्याम्पसमा कानुन र आमसञ्चार विषयको पठनपाठन सुरु गर्ने तयारी अघि बढाएका थिए। तर प्रतिष्ठानको रजिस्टार बनेसँगै उनका ती योजना तत्कालका लागि ओझेलमा परेका छन्।अब खत्रीको मुख्य जिम्मेवारी प्रतिष्ठानको प्रशासनिक संयन्त्रलाई व्यवस्थित गर्दै शैक्षिक तथा स्वास्थ्य सेवासँग जोडिएका कामलाई प्रभावकारी बनाउनु हुनेछ। प्रतिष्ठानमा एकैपटक नयाँ पदाधिकारी आएपछि उनीहरूको कार्यक्षमतासँगै संस्थाको आगामी दिशा पनि चासोको विषय बनेको छ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टारमा खत्री

लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा अम्बिका काफ्लेको दल

Leave a comment

Your email address will not be published. Required fields are marked *