झुप्रा खोलामा शनिबार निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकबाट सेवा दिइने

सुर्खेत ,३० साउन ।

आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–१० स्थित झुप्रा खोलाको बस्तीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेतको प्रमुख आयोजना तथा सुर्खेत औषधि व्यवसायी महासङ्घको सहआयोजनामा २०८३ श्रावण ३० गते शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।
शिविरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले स्थानीय नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक चिकित्सकीय परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउने आयोजकले जनाएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न नसकेका तथा ज्येष्ठ नागरिकलगायत झुप्रा खोलाको बस्तीमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।
आर्थिक अभाव, भौगोलिक कठिनाइ तथा अन्य सामाजिक कारणले सामान्य स्वास्थ्य जाँच र चिकित्सकीय परामर्शबाट समेत वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। आयोजकका अनुसार स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति भएकाले स्वास्थ्य सेवामा पहुँच बढाउनु सामाजिक उत्तरदायित्व पनि हो।
योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले शिक्षा र ज्ञानलाई समाजसँग जोड्दै जनताको दुःखमा साथ दिने तथा आफ्नो ज्ञान, सीप र स्रोतलाई मानव सेवामा उपयोग गर्ने उद्देश्यअनुसार अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
शिविरलाई कुनै व्यक्ति वा संस्थाको प्रचारभन्दा पनि मानव सेवा र सामाजिक उत्तरदायित्वको साझा अभियानका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ। शिविरमा चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि तथा सहयोगी संस्थाहरूको सहभागिता रहनेछ।
आयोजकले झुप्रा खोलाका बस्तीवासीलाई शिविरमा सहभागी भई स्वास्थ्य जाँच तथा आवश्यक चिकित्सकीय परामर्श लिन आग्रह गरेको छ।
कार्यक्रम विवरण
📍 स्थान: वीरेन्द्रनगर नगरपालिका–१०, झुप्रा खोला बस्ती
📅 मिति: २०८३ श्रावण ३० गते, शनिबार
🩺 सेवा: विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य सेवा
प्रमुख आयोजक: योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेत
सहआयोजक: सुर्खेत औषधि व्यवसायी महासङ्घ

झुप्रा खोलामा शनिबार निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकबाट सेवा दिइने

रातमा ई–रिक्सा देखिने बनाउन ट्राफिक प्रहरीको रिफ्लेक्टिभ

झुप्रा खोलामा शनिबार निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकबाट सेवा दिइने

कर्णालीमा सत्ता किचलो  मन्त्रालय भागवण्डामा  अझै मिलेनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *