समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौँ, १ साउन । 

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको छ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकामा २०८३ साल साउन १ गते आयोगले सो गर्ने भएको हो । 

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएकाले विसं २०८३ को साउन १ गतेदेखि उक्त कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो ।  

उक्त कानुनमा भएको नयाँ संशोधन र व्यवस्थासँगै अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा सरेको हो । यो नयाँ कानुनी व्यवस्था कार्यान्वयन हुने भएपछि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अबदेखि समकक्षताका लागि नयाँ आवेदन लिने कार्य बन्द गरिएको पनि सूचित गरेको छ । 

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

बेलौरीमा चार विद्यालय समायोजन

Leave a comment

Your email address will not be published. Required fields are marked *