घुयँत्राे:”बुलबुलेको पानी चुनावी भाषणमै बग्यो!”

बुलबुले ताल अर्थात सुर्खेत जिल्लालाई अरु माझ परिचित गराउने पर्यटिकय स्थल ।बाहिरि पर्यटकहरुलाई आकर्षण गर्दै सुर्खेतमा पर्टक भित्र्याउने याे बुलबुले ताल, तालहेरेरै मानिस आकर्षित हुने भन्दानि त्यै तालकाे नाममा बनेकाे पार्कले नि मानिसहरुलाई टाढाटाढाबाट त्याे स्थानमा आउन र पिकनिक खान तथा डुङ्गा सयर गर्न मानिसका लागि बुलबुले ताल निकै लाेकप्रिय बन्दै गै रहेकाे थियाे । तर विगत केही दिनदेखि बुलबुले तालका कुनै पनि धाराहरुबाट पानी झर्न नसकेकाे समाचारले सुर्खेतिहरुलाई स्तब्ध बनाएकाेछ । नगरपालिका नगरविकास समितिकाे पदेन अध्यक्ष भएपछि हाेस वा नगर विकास समितिले बुलबुलेलाई अत्याधुनिक निहुमा हाेस बुलबुल गरेर पानी निस्कने ठाउँमा सिमेन्ट र कङ्क्रिटले त्यसलाई सिंगार्ने प्रकृयाकाे जब थालनि भयाे तब बिस्तारै कंक्रिटले ढाकिन थालेनि पानी निस्कनै त्यसैपनि कमि हुँदै गै रहेकाे थियाे ।त्यसैक्रममा गतबर्ष फेरि तालमा जब कंक्रिटकाे पर्खाल लगाइयाे र पुन नयाँ ढाँचामा धारा जाेडियाे त्यसबेला देखिनै बुलबुले केही विवादमानि आयाे ।धाराहरुबाट नुहाउन नसकिने कुरा आए । जसले गर्दा नुहाउन जानेमान्छेहरुमा कमि आयाे । पार्ककाे अस्त व्यस्ततासितै बुलबुले तालमा पानीकाे अभाब भएर धाराहरुबाट पानी नआउने भएछि सुर्खेतकाे त्याे लाेकप्रियता र ” सुर्खेत बुलबुल ताल मायाँ मै सानाे हुनाले……….. र “सुर्खेतमा शालिना बुलबुले ताल मन तरुनाे शालिना ज्यान बुढाे याे साल ” भन्ने बुलबुलेलाई चिनाउने गीतकाेनि म्याद सक्कियाे जस्ताे छ अब ।मध्यपश्चिम विश्व विद्यालयलाई जग्गा दिने नाममा शहर भित्रकाे कुईने पानी पार्कलाई नै सिध्याएर याैटा भारतीय (उ पेन्द्र यादबकाे मान्छे ) ले उपत्यका नगर विकास समितिकाे अध्यक्षका नाताले र विविलाई जग्गा दिईनु र उक्त जग्गामा कुनै साेच विचार नगरि मपविविले बालुवा, सिमेन्ट र गिटिका संरचना बनाईँदैजानुले कुईने पानीकै कुवासमेत सुकेकाे र त्यहि कारणले अब बुलबुले तालमा पनि पानी नहुने अनुमान गरिँदैछ । त्यै तालका नाममा सरकारले अधिग्रहण गरेकाे ३५ विगाहा जग्गानि आज५३ बर्षकाे अबधिमा पनि न पार्ककाे रुपरङग्मा लगिएकाेछ न अन्य कुनै आकर्षणकाे केन्द्र बनाएर जाने साेच बनाईएकाेछ । सरकारै पिच्छे नयाँ समिति बनाउने र उक्त समितिले पनि त्याे ठाउँकाे उच्चतम प्रयाेग गर्ने साेच बनाउन नसक्दा बुलबुले क्षेत्र बाँदरकाे हातमा नरिवल जस्तै भएर फनफनि घुमि रहेकाेछ । बुलबुलेकाे विकास गर्ने हाे र याे नगरकाे शाेभा र यसलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नु पर्छ भन्ने धारणा भएका नगर प्रमुख आएर यसलाई नगरकै याैटा शाखा वा छुट्टै स्थायी निकायकाे जिम्मामा हालेर जबसम्म यसलाई लगिँदैन तबसम्म याे आधा सताब्दिमा जुन चालमा यहाँसम्म आईपुग्याे र अगाडिका दिनमा त्यै वा त्याे भन्दा तन्नम भएर जाने संकेत बुलबुले ताल सुक्दै जानुले देखाई सकेकाेछ । अब त झन स्थानीय तह चुनाबमा जाँदै छन त्याे अबधि भनेकाे बुलबुलेकाे लागि संकट हाे । एकातिर तनलमन पानी सुक्नु अर्कोतिर ऐले हेरचाह गर्ने निकाय चुनाबमा जान लाग्दा त्यसतिर कसैले दृष्टि नपुर्याउने अबस्था हुँदा याे पर्यटकिय क्षेत्रकाे साखनै डुब्ने स्थिति पैदा हुँदैछ । त्यसैले नगर पालिकाले यसकाे अस्थित्व बचाई राख्दिननि वर्तमान प्रतिनिधिहरु जानू अघि यसलाई कसरी बचाई राख्ने भन्ने निश्चित खाका काेरेर जान जरुरीछ । अन्यथा १ बर्षकै अबधिमा बुलबुले तालकाे अस्थित्व नामेट हुन सक्छ । जनप्रतिनिधिमा चेतना भया ।





