आंशिक प्राध्यापकहरु आन्दोलित

सुर्खेत, २ असोज ।
सुर्खेत क्याम्पस (शिक्षा) मा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । आंशिक प्राध्यापकलाई विस्थापित गर्नेगरी त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्वन्धी निर्देशिका २०७७ ल्याइएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् ।

अतिरिक्त कक्षा व्यवस्थापन सम्वन्धी निर्देशिका लागूसम्वन्धी कुनै पनि कार्य नगर्ने लिखित प्रतिवद्धता जारी हुनुपर्ने माग गर्दै क्याम्पस प्रमुख माधवप्रसाद खनाललाई एक सुत्रिय मागपत्र बुझाएका छन् ।

दुई दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका छन् । आंशिक प्राध्यापक संघका अध्यक्ष जागेश्वर उपाध्याय र सचिव छविलाल आचार्यले माग पुरा नभए क्याम्पसमा तालावन्दी गर्ने र क्याम्पसका कुनैपनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन् ।

आंशिक प्राध्यापकहरु आन्दोलित

कोरोनाबाट तीन महिलासहित थप चारको मृत्यु, मृतक

आंशिक प्राध्यापकहरु आन्दोलित

कोरोनाले अलमलमा कांग्रेस महाधिवेशन : कार्यकाल लम्ब्याउने

Leave a comment

Your email address will not be published. Required fields are marked *