कर्णालीमा बुधवार २८ जनामा संक्रमण पुष्टी

सुर्खेत, २४ भदौ ।
कर्णाली प्रदेशमा बुधवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७, रुकुमपश्चिममा गरिएको पीसीआर परीक्षणमा ६ र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना गरी २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टी हुनेमा वीरेन्द्रनगरका १७, रुकुमपश्चिमका चार, सल्यान र दैलेखका दुई÷दुई तथा जाजरकोट, मुगु र चितवका एक÷एक जना रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ७ सय १९ पुगेको छ । २४ घण्टामा आइसोलेसनमा रहेका १४ जनाले कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका अनुसार यो सँगै डिस्चार्ज हुनेको संख्या दुई हजार ३ सय ५४ पुगेको छ ।
संक्रिय संक्रमितको संख्या ३ सय ५९ रहेको छ । हालसम्म कोरोनाबाट दैलेखका तीन, सुर्खेत दुई र डोल्पाका एक गरी ६ जनाको मृत्यु भएको छ ।







