घुयँत्राे:“झोले नीति बनाउने बा, झापालीले नै झोलामा हालिदिए”

राजनीतिमा आँफुलाई सँधैभरि अब्बल सम्झिने बा ( केपि वलि) लाई नि झापालिले याे चाेटि पा ताडेझैँ ताडेर मनाेरञ्जन लिए । राजनीतिलाई आफ्नै मुट्ठीमा कसेर राख्न गाेडाछएक महिना अघि मात्रै “झाेले ” भन्ने शुत्र लागू गरेर कार्यकर्ता माझ तहल्का मच्चाएका बा लाई झापाकाे मैदानमा पैलाे पटक पाईला टेक्या बालेनले चुनावि मैदानमा नराम्रोशीत झटका दिएछि बा केही दिनका लागि निस्लाेटै छन जस्ताे छ ।

मतगणना सक्किएछि बाका उखान टुक्का कतै नआहुनाले बालाई बाैरिन अँझै हप्ता दशदिन लाग्न सक्छ । जब रबि र बालेनले मन्त्री मण्डल बनाउलान तब झाेलेहरु गुण्डु पुगेर बा लाई बाैरिन अनुराेध गरेभने बा त्यसपछि बतुराउन शुरु गर्न सक्छन । यतिका बर्षदेखि त्यै झापाट चुनाब लडेर गद्दिमा बस्न पुग्ने बालाई जनताले के खाेज्याछन खाेजिनिति नगर्ने खालि कार्यकर्ताले जाँ बजेट खन्या भन्याे त्यैँ बजेट खन्याउने अनि उनरलाईमात्रै कमाईगरि खाने मेसाे गराई दिने तर जनता भाेका छन कि राेगीछन, वेराेजगार छन कि बेसहारा छन त्यतातिर फर्केर नहेर्ने अनि झापालि जनतालेनि षसपटक राम्रै सल्लाह गरेछन र भाेट जति सारा बालेका थाप्लाँ बजायछन बिचरा बा त चक्लक्कै । गर्न नि बाले महाधिवेशन र पाटि विधानका नाममा जसरी अरु नेताकाे खाल्टाे खन्याथे जनताले त्यस्तै खाल्टाे खनेर राख्यारैछन त अनि मतकाे परिणाम आउँदा बाले त ताेरी फुला देखि हालेनि । बाका दिन हुँदासम्म बाले ब्रह्हमा, बिष्नु ,महेश्वर भन्याझैँ विष्णु रिमाल , महेश बस्नेत र राजन भट्टराई बाहेक अरुलाई मान्छ्यै गनेनन् अनि जनतालेनि बाका तिनै झाेलेहरुसहित सबैलाई लगेर एउटै खाल्टाँ हाल्देछि बा अबकाे ५ बर्षसम्मका लागि रेष्टैरेष्टाँ त हाेला । तर चिन्ता नगर्नुस बा हजुरले आफ्ना भनेर पाटियाँ चुनाब जिताका पाटि पदाधिकारी जति सब्बै तपाईं कै जस्ताे हालताँ पुग्याछन । कसैले उछिनेर मेराे भाग खाई दिने हुनकि भनेर चिन्ता गर्नु पर्दैन । तपाईंको हालखबर बुझ्न बेलाबेलाँ तिनरलेनि गुण्डुमा हाजिर लाउनेनैछन । अब याे चुनाबकाे रपसै फेर्ने हाे भने पाटि चुनाबमा जाेजाे तपाईं विरुद्ध बाेलेकाे वा उमेदवारी दिएर तपाईंलाई कमजाेर पार्न खाेज्याथे तिनलाई एक्कैचाेटि पाटियाट घाेक्रेठ्याक लाएर निकाल्नाेस, कमिनिष्ट पाटिकाे नेता हुने अनि अध्यक्षकाे विरुद्ध बाेल्ने वा उमेदवारीदिने त्यस्ता नेता तहनलाएसम्म तपाईंले पाटियाँ मनपरि गर्न पाउनु हुन्न । अनि अध्यक्षले मनपरि गर्न नपाउनेनि कतै हुन्छ र ? केपि वलि भन्या त अँझै २० बर्ष मजाले राजकाज चलाएर बस्ने मान्छे हाे भन्ने कुरा अब जनताका घरघर गएर बुझाउन पर्ने भाे ।यति कुरा सम्झिनाेसकि हिजाे बरु पाटिले गठबन्धन गरे तर जनताले गठबन्धन गरेनन त्यै भएर एमाले काँग्रेस राजनीति बिग्र्याथेन याे चाेटि त दलले थठबन्धन गरेनन कि जनताले गठबन्धन गरे याैटै पाटिलाई सत्ताम्ह पुर्याउने भनेर सल्लाह गरे अनि त केथ्याेर सारा देशैभर घण्टी नै घण्टी बजेछि पुराना दल भनाउँदा काँग्रेस एमालेकाे त उठिबासै गराईदेनि । जनता मिलेछि के हुँदाेरैछ अब त राम्ररी बुझ्नु भाे नि त्यसैले जनतालाई कम आँक्ने काम कैल्यै नगर्नु हाेला ।परिणाम कस्ताे अाउँदाे रैछ था पाई त हाल्नु भाे । अब साँच्चिकै राजनीति गर्ने हाे भने झाेलेका लाथि ह‌न जनतालागिगर्नु पर्छ भनेर चुनाबि मैदानाँ जानू हाेला हैन भने फेरि यस्तै हाल हुन्छ । २० बर्ष अँझै खान्छु भन्दा “बीष” खान पुगियला ।चेतना भया ।

घुयँत्राे:“झोले नीति बनाउने बा, झापालीले नै झोलामा हालिदिए”

कर्णाली प्रदेशका: ९० उम्मेदवारको जमानत जफत, २४

घुयँत्राे:“झोले नीति बनाउने बा, झापालीले नै झोलामा हालिदिए”

हिमाली डोल्पामा घट्यो : बदर मत

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds