बाँके–१ बाट रास्वपाका सुरेश कुमार चौधरी विजयी

बाँके,२३ फाल्गुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी विजयी हुनुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्दै प्रभावशाली जीत हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार सूर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गर्नुभएको छ।
अन्तिम मतपरिणामअनुसार चौधरीले निकटतम प्रतिस्पर्धी गौडेललाई १७ हजार ४९१ मतान्तरले पराजित गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
मतपरिणाम सार्वजनिक भएसँगै रास्वपा कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ। विजयी उम्मेदवार चौधरीले मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने बताउनुभएको छ।

बाँके–१ बाट रास्वपाका सुरेश कुमार चौधरी विजयी

जुम्लामा पाँच पालिकाकाे मतगणना सम्पन्न हुँदा ज्ञानेन्द्र

बाँके–१ बाट रास्वपाका सुरेश कुमार चौधरी विजयी

२४ हजार बढी मतसहित बाँके–२ मा इस्तियाक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds