घुयँत्राे:“घोषणापत्र लेख्ने अन्तिम मिति: आयोगको होमवर्क, दलको नक्कल कपी!”

हैन ! नेपालाँ जतानि तमासैतमाशा देखिन्छ त हँ । चुनाब लडने राजनीतिक दललाई नि घाेषणा पत्र लेख,अनि घाेषणा पत्र लेखेर यति गते (३ फागुनभित्र) बुझाउ भन्नू पर्छ , भनेर तारेख थमाउने निर्वाचन आयाेगकाे काम गराई देख्दानि सारै विरक्त लाएर आउँछ गाँठे ? घाेषणा पत्र भन्या त पाटिकाे नीति सिध्दान्त सहित हाम्राे पाटिले चुनाब जित्याे भने याे याे काम गर्नेछम् हाम्राे निति र सिध्दान्त याे हाे भनेर गर्या बाचाबन्धन हैन र ?घाेषणा पत्र बिनानि दलहर चुनाब लडछन र यस्तो डकुमेन्ट पेश गर्ननि समय दिईन्छ भने त्यस्ता दलहरु र त्यसका नेताहरु तन्नम हैनन र ?अनि चुनाब लडने दललाईनि निर्वाचन आयाेगले घाेषणापत्र लेखेर पेश गर भनेर तिथिमिति ताेकेर नि हुँदाे त । निर्वाचनाँ जाने दलले घाेषणा पत्र लेखेर जनतामाझ जान्न भने त्याे चुनाबाँ के गर्छु भनेर गा हाे त ! घाेषणा पत्रै नलेख्ने त्यस्ता नमूना दललाई त चुनाब पछिनै दल खारेज गरेर त्यसकाे जानकारी सार्वजनिक रुपाँ गराउने हैन र ! कतैबाट केई आईहाल्छकि भनेर दल दर्ता गर्ने अनि चुनाबहाेस न अघिपछि कैल्यै कतैबाट केई नआएछि चुपचाप बसेर रमिता हेर्नेनि दलहुन्छन र अनि त्यस्तै दलले देश र जनतालाई समृध्द बनाउँछन । चुनाबका नाममा दलखाेज्ने यस्ता वेराेजगार संगठनहरलाई सफाया गर्ने हाे भने दल दर्ता गर्दा कम्तिमा ५० हजार दर्ता शुल्क लगाउने कानुन ल्याउनु पर्छ अनि बल्ल च्याखेवाला दल निर्वाचन आयाेग धाउन बन्द गर्छन अन्यथा त उहीँ जुवाकाे खालाँ च्याखे थापेझैँ गरि च्याखे थाप्ने प्रवृति हटने छैन । जनता ठग्नेनि याैटा सिमा हुन्छनप यार! न घाेषणापत्र न पाटिकाेनिति न पाटिकाे झण्डा , त्यसै लहैलहैमा लागेर जनता भाेट मागेर हुन्छ र । देश विकास र समृद्धिका लागि त पाटिकाे नीति सिध्दान्त विधिविधान सबै चाइने हाेला । त्यसै पाटि पाटि भनेर मात्रै हुन्न हाेला । केन्द्रीय कमिटिदेखि प्रदेश र जिल्लाका नेता र कार्यालयनि चाईनि हाेला । सिधान्त र नीति वेगरका पाटिलाई भाेट हालेर के गर्ने हाे र भाेलि तिनरुचुनाब जितेर सदनाँ गए भने तिन्ले जनतालागि के गर्छन त ।त्यत्तिकै मन्दिराँ गएर घण्टी हल्लाउने हाे र ? त्यत्तिकै घण्टी हल्लाउने काम त दलै दर्ता नगरेनि त गर्न सकिन्छ क्या रे । त्यसैले निर्वाचन आयाेगले घाेषणा पत्रलेख्नै पर्ने जुन बाध्यात्मक ब्यवस्था गरेछ यसले निर्वाचन लाई हँसिमजाक बनाझैँ माने है मैले त ! निर्वाचन आयाेगकाे याे बाध्यताले त दलकै घाेषणा पत्रलेख्ने दलालहरुकाे बजाराँ कमि नहुने भाे । याैटा दलालथिम गयाे ल ! यति पैशा दउम्ला याैटा घाेषणापत्र लेख्दनु पर्याे भन्याे दलालले घाेषणापत्र लेख्दिन्छ उसकाे नि खानेबाटाे भैगाे अनि दल दर्ता गर्नेकाेनि फूर्ति फार्ति आईगाे हैन र ! धन्यछ प्रभू तिम्लेनि गर्नसम्म गर्ने भउ । लाै दलवालाहरु ककस्ले घाेषणा पत्र लेख्नु भाछैन तपाईं हरकाे लागिसुनाैलाे माैका फागुन ३ गते ५ बजेसम्मलाई छ है हाेस गर्नाेस समयमा घाेषणा पत्र लग्नु भएन भने चुनाब लडने जतिलाई अप्ठेराेपर्ला विचार गर्नु हाेला । चुनाब नलडेर च्याखे थाप्नालागि मात्रै दल दर्ता गर्यालाई त केई छैन चुनाबै लड्यालाईचाइँ बित्याँस पर्ला बेलैमा साेचि हालम् । जय जय चुनाब,जय जय जनता,जयपाटि
घाेषणापत्रविना चुनाबि परिणाम आउन्न है जाति ।





