जुम्लामा मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र

गाेल्डेन बुढा
जुम्ला,२४ माघ।
आसन्न निर्वाचनका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा समितिले जुम्लाका सबै मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र बनाएको छ । मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतिदेखि मतपेटीका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी लिन अनुगमन तीव्र बनाइएको हो ।प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुुसार जिल्ला १ सय १० मतदान केन्द्र मध्ये ७० प्रतिशत अनुगमन गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिादै जाँदा गाउँमा चुनावी चहलपहल बढिरहेको छ । कामको शिलसिलामा घर छाडेकाहरु र्फकन थालेका छन् । उम्मेदवारहरु चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगेका छन् । यही अवस्थामा जिल्ला सुरक्षा समिति प्रत्येक मतदान केन्द्र र मतदानस्थलको अनुगमन गरेर जोखिमको विश्लेषण गरिरहेको छ ।

मतदाता सुरक्षित रुपमा मतदान गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।भौगोलिक विकटता, सूचना सञ्चारको पहुाच, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुाच, खानेपानी र बिजुली व्यवस्थापनलगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरणसमेत गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख (डिएसपी) रबिनबाबु रेग्मीले जानकारी दिए। यही वर्गीकरणका आधारमा मतदानस्थल र केन्द्रमा देखिएका समस्या सम्बोधनका लागि स्थानीय सरकारसाग समन्वय भइरहेको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लामा ८५ मतदानस्थल र १ सय १० मतदान केन्द्र रहेका छन् । मतदानस्थलमा ५२ अति संवेदनशील, १८ संवेदनशील र १५ सामान्य छन् । ६४ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य सूचीमा छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मी परिचालन तथा अन्य तयारी तीव्र पारिएको छ ।’जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जुम्लामा ७१ हजार ७ सय ३९ जना मतदाता रहेका छज् । जसमा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ जना पुरुष मतदाता रहेका छन् । जसमध्ये हिमा गाउँपालिकामा कुल ६ हजार ६ सय ९५ मतदाता रहेका छन्। जसमध्ये ३ हजार ५ सय ९ पुरुष र ३ हजार १ सय ८६ महिला छन्। यहाँ ११ वटा मतदान केन्द्र र ९ वटा मतदानस्थल रहेका छन्।सिंजा गाउँपालिकामा कुल ८ हजार ४ सय ७७ मतदाता छन्। जसमध्ये ४ हजार ५ सय ३८ पुरुष र ३ हजार ९ सय ३९ महिला मतदाता रहेका छन्। यहाँ १२ वटा मतदान केन्द्र र ७ वटा मतदानस्थल छन्।कनकासुन्दरी गाउँपालिकामा कुल मतदाता संख्या ९ हजार ४ सय ४१ रहेको छ। जसमा महिला ४ हजार ३ सय ७६ र पुरुष ५ हजार ६५ जना छन्। यहाँ १६ वटा मतदानस्थल र १७ वटा मतदान केन्द्र रहेका छन्।गुठिचौर गाउँपालिकामा कुल ६ हजार ९ सय ४३ मतदाता रहेका छन्। जसमध्ये महिला ३ हजार ३ सय २७ र पुरुष ३ हजार ६ सय १६ जना छन्।

यहाँ ९ वटा मतदानस्थल र १० वटा मतदान केन्द्र छन्।एक मात्र चन्दननाथ नगरपालिकामा कुल मतदाता संख्या १२ हजार ९ सय ४१ जना छ। जसमध्ये महिला ६ हजार ५ सय ३६ र पुरुष ६ हजार ४ सय ५ जना छन्। यहाँ १० वटा मतदानस्थल र १६ वटा मतदान केन्द्र रहेका छन्।तातोपानी गाउँपालिकामा कुल मतदाता संख्या ९ हजार ८ सय ३८ रहेको छ। जसमध्ये महिला ४ हजार ६ सय ७७ र पुरुष ५ हजार १ सय ५७ जना छन्। यहाँ ९ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र छन्।तिला गाउँपालिकामा कुल ८ हजार ४ सय ६६ मतदाता रहेका छन्। जसमध्ये महिला ३ हजार ९ सय ९४ र पुरुष ४ हजार ४ सय ७२ जना छन्। यहाँ १३ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र रहेका छन्।पातारासी गाउँपालिकामा कुल ८ हजार ९ सय ४२ मतदाता छन्। जसमध्ये महिला ४ हजार २ सय ४५ र पुरुष ४ हजार ६ सय ९७ जना रहेका छन्। यहाँ १० वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र छन्।तर मौसम चिसो भएकाले हिमाली क्षेत्रका मतदातालाई समस्या छ । राज्यले सबै मतदातालाई जिल्ला भित्रिने वातातरण बनाउनुपर्ने चुनौतीपूर्ण छ।जुम्लामा १० जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरु यतिबेला आफ्ना एजेण्डा र प्रतिवद्धतापत्रसहित घरदैलो कार्यक्रममा व्यस्त छन् ।
मतदाता भने भयरहित वातावरणमा चुनाव गर्नुपर्ने र आफ्नो मताधिकारको सही प्रयोग गर्न उत्साहित बनाउनुपर्नेमा जोड दिइरहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालले जानकारी दिए। उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन सबै पक्षलाई आग्रह गरिएको बताए।‘मतदानस्थल र केन्द्रको नियमित अनुगमन भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, ‘जहाँ जे अभाव छ, जुन समस्या छ, त्यसको समाधानका लागि सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ।अनुगमनमा प्रजिअ पाैड्याल,डिएसपी रबिनबाबु रेग्मी ,शस्त्र प्रहरी उपरीक्षक देवबहादुर बाेहरा र प्रमुख अनुसन्धान अधिकृत लक्ष्मण चाैधरी सहभागी थिए।






