२०८२ माघ १२ गते
×

Now Playing

हिउँमा पनि घरदैलाे गर्दै: जुम्लाका उम्मेदवारहरु

गाेल्डेन बुढा

जुम्ला,११ माघ।
घाम अझै डाँडामाथि नउक्लिँदै जुम्लाका बस्ती सेताम्मे देखिन्छन्। हिउँले आँगन, बाटो र छाना ढाकेको छ। चिसोले हातखुट्टा कठ्याङ्ग्रिएका छन्। सासबाट निस्किने वाफ हावामै हराउँछ।हिउँ शनिबार राति देखि परेको हो। चिसोले भने जनजीवन प्रभावित बनेको छ।तर,यही कठ्याङ्ग्रिने चिसोबीच केही मानिसहरू झोला बोकेर, बाक्लो लुगा र मफलर बेरेर गाउँतिर लाग्दै छन्। उनीहरू पर्यटक होइनन्। ती चुनावी उम्मेदवार हुन्।मतको खोजीमा, घरदैलो अभियानमा छन्प्र।तिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा मौसमले राजनीति रोक्न सकेको छैन। आगामी फागुन २१ गते निर्वाचन ताेकिएकाे छ।हिमपातले जनजीवन प्रभावित भए पनि चुनावी गतिविधि झन् सक्रिय बन्दै गएको छ। जुम्लाको चन्दननाथ नगरपालिका हुँदै तिला, तातोपानी, गुठिचौर, हिमा, पातारासी, कनकासुन्दरी र सिँजा गाउँपालिकासम्म उम्मेदवारहरू मतदाताको ढोका ढकढक्याइरहेका छन्। हिउँले चिप्लिएका गोरेटो, उकालो,ओरालो बाटो र चिसो हावा घरदैलो अभियानका ठूला चुनौती बनेका छन्। कतिपय ठाउँमा सवारी साधन चल्न नसकेपछि उम्मेदवारहरू पैदलै हिँडिरहेका छन्।नेपाली कम्युनिस्ट पार्टी जुम्लाका उम्मेदवार नरेश भण्डारी भन्छन्, “चिसो भए पनि घरदैलो रोकिएको छैन।” चन्दननाथ नगरपालिका, सदरमुकाम खलंगाबाट सुरु भएको अभियान गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटसम्म पुगेको उनी बताउँछन्। “मतदाताका प्रतिक्रिया र सुझाव सुन्दैछौँ,” भण्डारी भन्छन्, “जुम्लाका जनताको आशा र भरोसा हामीसँग छ।”मनमा आशा र बोलीमा प्रतिबद्धता बोकेर उम्मेदवारहरू बस्ती–बस्ती पुग्छन्। “हिउँ त हरेक वर्ष पर्छ, समस्या पनि पुरानै हो,” अभियान संग बस्तीमा पुगेका उम्मेदवार भण्डारी भन्छन्, “अब चाहिँ समस्या समाधान गर्ने मान्छे चाहिएको हो।”घरआँगनमा बालिएको आगो वरिपरि राजनीति चल्छ। वृद्धहरू स्वास्थ्य सेवा र बाटोको कुरा उठाउँछन्। महिलाहरू सहज उपचार र बजारको पहुँच खोज्छन्। युवाहरूको प्रश्न झन् चर्को छ।यहाँ रोजगारी कहिले?उम्मेदवारहरू कृषि उत्पादन, स्याउको बजारीकरण, सिँचाइ, शिक्षा र रोजगारीका योजना सुनाउँछन्। कतै ताली बज्छ, कतै मौनता छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विनिता कठायतले जुम्लाको दुर्गम गाउँपालिका पातारासीका बस्तीबाट घरदैलो अभियान सुरु भएको बताइन्। “पुराना दलप्रति मतदातामा वितृष्णा देखिन्छ,” उनी भन्छिन्।राप्रपा नेता ज्ञानेन्द्र बहादुर शाहीका स्वकीय गोकर्ण कठायतका अनुसार ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र) सिँजा र कनकासुन्दरी गाउँपालिकातिर घरदैलोमा व्यस्त छन्।यस्तै नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाली काङ्ग्रेस,नेमकिपा लगायतका अन्य उम्मेदवारहरु पनि घरदैलो अभियानमा सक्रिय देखिन्छन्।“हिउँमा पनि आएछन्, राम्रो लाग्यो,” पातारासीका गाउँपालिका -३ हर्कबहादुर बाेहाेरा भन्छन्, “तर चुनावपछि पनि यत्तिकै आउनुपर्‍यो।” जनताका कुरा सुनिदिनु पर्याे। कुरा र गफ गर्ने नेता होइन,अब जुम्लाको विकास र दिर्घकालिन योजना,प्लान र भिजन भएको नेतृत्व चाहिन्छ।खाली हावादारी गफ हाँहाहु गर्ने नेतृत्व आवश्यकता छैन।दिगो र दुरदर्शि नेता पठाउने जुम्लाका मतदाताहरु बताउँछन्।यस्ता सुझाव अहिले जुम्लाका धेरै बस्तीमा सुनिन्छन्। मतदाताको अपेक्षा स्पष्ट छ।भाषणभन्दा काम।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार संवेदनशील र दुर्गम क्षेत्रमा विशेष योजना बनाएर निर्वाचन व्यवस्थापन भइरहेको छ।हिउँले ढाकिएको जुम्ला अहिले सेतो देखिन्छ। तर त्यही सेताम्मे बस्तीभित्र राजनीति भने तातो छ। उम्मेदवारहरूको घरदैलो अभियानले चुनावी माहोल थप रोचक बनेको छ।चिसो मौसमले शरीर कठ्याङ्ग्रिए पनि चुनावी आकांक्षा जमेको छैन। जुम्लामा अहिले हिउँ मात्रै परिरहेको छैन।आशा, अपेक्षा र भरोसाको परीक्षा पनि चलिरहेको छ।

हिउँमा पनि घरदैलाे गर्दै: जुम्लाका उम्मेदवारहरु

घुयँत्राे:“बा छामियो, देश डामियो ! अब चुनाब

हिउँमा पनि घरदैलाे गर्दै: जुम्लाका उम्मेदवारहरु

विचारः ध्यान साधनाबाट प्राप्त हुन्छ बोध

Leave a comment

Your email address will not be published. Required fields are marked *