कर्णालीमा कांग्रेस–एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

कर्णाली ,२३ पुस।
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। बुधबार दिउँसो प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लागि कर्णालीमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेको छ। कर्णाली प्रदेशमा दुइ सिटका लागि हुने निर्वाचनमा खस आर्यतर्फ नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र महिलातर्फ नेकपा एमालेकी केन्द्रीय सदस्य मिनासिंह रखालले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै, नेकपाले पनि अन्जु महतारा र बुद्धिप्रसाद शर्माको मनोनयन दर्ता गराएको छ।

कर्णालीमा कांग्रेस–एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

पैसाको लोभले उजाडिँदै दैलेखका वन, चुत्रोको जरा

Leave a comment

Your email address will not be published. Required fields are marked *