दिगो विकासको उत्सव’ नारासहित कोहलपुर महोत्सवको भव्य उद्घाटन, ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ को घोषणा

बाँके ९, पुस।

कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवर्द्धनमा महोत्सवले महोत्सवहरूले महत्वपूर्ण भूमिका खेल्ने उद्योग वाणिज्य माहासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले
बताएका छन् । दिगो विकासको उत्सव’ भन्ने मूल नाराका साथ सुरू गरिएको महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ अभियानको औपचारिक घोषणा गरेका छन् । यस घोषणाले बाँके जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेन्डामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक सन्देश भएको उल्लेख गरे ।
लुम्बिनी, कर्णाली र बागमती प्रदेशका उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले अन्तर–प्रदेश व्यापारिक सम्बन्ध विस्तार र सहकार्यको आवश्यकता औँल्याए ।

कार्यक्रमको सुरुआत स्वस्ती वाचन र पानसमा बत्ती बालेर गरिएको थियो । उद्घाटन सत्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँके र निन्जा डान्स स्टुडियोका कलाकारहरूले आकर्षक सांगीतिक तथा नृत्य प्रस्तुति दिँदै कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए ।
उक्त अवसरमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
आयोजकका अनुसार महोत्सव अवधिभर स्थानीय उत्पादनको प्रदर्शनी, कृषि प्रवर्द्धन, व्यवसायिक स्टलहरू तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति रहनेछ ।

दिगो विकासको उत्सव’ नारासहित कोहलपुर महोत्सवको भव्य उद्घाटन, ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ को घोषणा

लोकतन्त्र जोगाउन फागुन २१ मै निर्वाचन आवश्यक

दिगो विकासको उत्सव’ नारासहित कोहलपुर महोत्सवको भव्य उद्घाटन, ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ को घोषणा

नेकपा जुम्लाबाट पाँच नाम सिफारिस

Leave a comment

Your email address will not be published. Required fields are marked *