घुयँत्राे:“९० प्रतिशतको ताली, १०० प्रतिशतको बदला: बालुवाटारमा जेनजीको भूत !”

जेनजी आन्दोलन पछि भागाभागमा परेका तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ११ आैँ महाधिवेशनमा करिब ९० प्रतिसत मत ल्याएर अध्यक्षमा विजयी भएका छन । विजयकाे परिणाम लगतै उनले दिएका र सामाजिक सन्जालमा आएका समाचारहरु हेर्दा ओलि अब जेनजीसित बदला लिने तयारीमा देखिएका छन । आँफुलाई सत्ताच्युत गराए देखिनै जेनजी आन्दोलन राजनितीक नभएर विध्वंस भएकाे धारणा राख्दै आएका ओलिले ११आैँ महाधिवेशनमा अध्यक्ष भए लगत्तै ब्यक्त गरेकाे धारणामा जेनजीसित गरिएकाे १० बुँदे सम्झाैता गर्ने अधिकार याे सरकार शीत नभएकाे उल्लेख गर्दै भाद्र २३/२४ मा भएकाे जेनजी आन्दोलनलाई आँफुले कुनै पनि हालतमा नमान्ने र आन्दोलनकाे भरमा बनेकाे याे सरकार संविधान विपरित बनेकाे भन्दै यसले गराउन खाेजेकाे चुनाबमा भाग नलिने कुरा हिजाे देखि भन्दै आएकाे र ऐले पनि त्यै अडानमा रहेकाे ओलिकाे जिकिर छ ।
११ आैँ महाधिवेशन पछि आएकाे याे जेनजी विरुद्धकाे अभिब्यक्तिले देशमा एमाले र जेनजीवीच मुढभेड हुन सक्ने स्थिति पैदा भएकाेछ । त्यसाे त ओलि आँफुले विघटन भएकाे संसद पुनस्थापना गर्न सर्बोच्च अदालत गएकाे र अदालतमा आँफुले नियुक्त गरेका न्याधिसहरुकाेनै चलखेल रहनु र आफू नयाँ जनमतबाट पुन अध्यक्षमा आईसकेकाेले आँफुले जे भन्याे त्यै हुने अबस्था रहेकाले अदालतका न्याधिसहरु पनि पुनस्थापनाकै पक्षमा उभिने उनकाे अन्तरहृदयबाट प्रस्फुटन भै रहेकाे । आँफैले नियुक्त न्याधिसहरु आफ्नाे वचन नाघेर बाहिर नजाने विश्वासका कारण पनि ओलि जेनजी आन्दोलनलाई केटाकेटि खेल बताई रहेका छन । यता एमालेकाे अधिवेशन सकियर ओलि अध्यक्ष बन्नु अनि त्यै दिन रवि लामिछानेलाई धराैटिमा छाेडने अदालतकाे आदेश आउनु ,यी र यस्तै घटनाले गर्दा नेपाली राजनीतिमा ठूलै भूइँचालाे जाने हाे कि भन्ने शंका पनि उब्जिएका छन ।
भन्न सकिन्न राजनीति सँधै एकधारबाट बग्दैन राजनीतिमा हिजाेकाे दुष्मन आजकाे जिगरि यार बन्न पनि सक्छ । हिजाे प्रचण्ड शीत सत्ता साझेदार बन्दा ओलिकाे दुष्मन बनेकाे रवि आज नयाँसत्ता समिकरण गर्नका लागि मित्र बन्न सक्छ । त्यै खेलमा बाले अदालतलाई धराैटिमा छाेडन आदेश गर्यानि हुनसक्छ भन्ने चिया गफका कुरालाई मान्ने हाेभने कथंकदाचित अदालतलेओलिलाई जिताइ दिएन र चुनाबमै नगई नहुने बाध्यता पर्याे भने रवि र ओलिवीच चुनाबि गठबन्धन भएर २ तिहाईकाे सरकार बनाउने परिणाम पनि त आउन सक्छ । त्यसैले पनि सायद ओलिले जेनजीकाे आन्दोलनलाई कुनै हालतमा नमान्ने अडान दाेहर्याएका हाेलान । ओलि निकै हठि दम्भी ,पुरातनवादि,निरंकुस र घमण्डि विचारका नेता भएका कारण पनि ओलि राजनीतिमा जमिरहेका देखिन्छन । अरु नेताजस्ताे डराएर पुच्छर लुकाएर हिँडने नेता नभएका कारण पनि अरुदलका नेताहरु उनिसित नजिक पर्दैनन ।
खासगरि ओलि र प्रचण्डका वीच ठूलाे दुष्मनि सृजना भएकाले पनि आउने चुनाबमा रबिलाई गाेटि बनाएर जान सकियाे भने युवाहरुकाे आकर्षण रास्वपा भएकाले चुनाव पनि जितिने र जेनजीहरुलाई पनि ठेगान लगाएर आफ्नो बदला पूरा गर्ने उद्देश्यकासाथ ओलिबा ११ आैँ सिँढि चढदैछन । अहिले जस्तै परिस्थिति अनुकुल बन्दै गएभने अबकाे सत्ता ओलि र रबिले चलाउने निश्चित छ । त्यसपछि आँफुलाई जेनजी भन्नेहरु र सहकारीमा लगानि गरेर डुवाएकाहरुकाे हालत के हुन्छ त्याे त समयले देखाउला ! त्यसैले खाेलाे फर्किएर मात्रै हैन राजनीतिक दाउ फर्केर नि मान्छेका दाउ फर्किन्छन । अस्तु ।





