पहिरो पीडितलाई खाद्य सामग्री वितरण

जाजरकोट, १३ साउन ।
जाजरकोटको बारेकोटका बाढी– पहिरो पीडित परिवारलाई गैरखाद्य सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस, केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानले प्रदान गरेको गैरखाद्य राहत सामग्री पीडित परिवारलाई वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले उपलब्ध गराएको ती सय ७५ थान त्रिपाल र तीन सय ५० थान कम्बल गाउँपालिकाले पीडित परिवारलाई वितरण गरेको हो । त्यस्तै, केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानको समन्वयमा उपलब्ध गराइएका तीन सय ४५ सेट गैरखाद्य सामग्री कम्बल, त्रिपाल, बाल्टीन, म्याट, सरसफाइ सामग्री पनि वितरण गरिएको छ ।
रेडक्रस जाजरकोट शाखाका धिरेन्द्र शाहले उक्त सामग्री गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका थिए । पहाडि क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाहले गाउँपालिकालाई राहत सामग्री प्रदान गरेका थिए । भौगोलिक विकट्तालगायत कारणले गर्दा ढुवानी गर्न निकै कठिन भएकाले तत्काल सामग्री पठाउन नसकिएको रेडक्रस मन्त्री शाहले बताए । राहत सहयोग पाएपछि पीडित परिवार हर्षित भएका छन् । तर विस्थापित परिवारले आफूहरुसँग खाने अन्न सकिएको भन्दै खानेकुराको सहयोग गर्न माग गरेका छन् ।






