पहिरोपीडितको पुर्नस्थापना गर्न माग

सुर्खेत, १२ साउन ।

जाजरकोटका पहिरोपीडित तत्काल पुर्नस्थापना गर्न सांसदले माग गरेका छन् । गत असार २५ गते बारेकोट गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ मा पहिरोले धेरै परिवार विस्थापित भएका छन् । हालसम्म पनि उनीहरुले राहत नपाएको भन्दै त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद गणेशप्रसाद सिंहल अवस्था जटिल रहेको बताए ।

प्रभावित क्षेत्रको स्थलगत अवलोकन सकेर सुर्खेत आएका सांसद सिंहले पत्रकार सम्मेलन गरेर विस्थापितको तत्काल पुर्नस्थापना गर्न सरकारसँग माग गरेका हुन् । उनले पीडितहरुले हालसम्म राहत नपाएको बताए । केही संस्थाहरुले बाँडेको राहत सकिएको भन्दै उनले राहत र पुर्नस्थापनाको काममा खेलाँची नगर्न सरकारलाई आग्रह गरे ।

पहिरोले परेका कारण १४ जनाको मृत्यु भएको थियो । मृत्यु भएका परिवारलाई गाउँपालिकाले किरिया खर्च भनेर २५ हजार उपलब्ध गराएको छ । यो बाहेक पीडितले राहत पाउन सकेका छैनन् । सांसद सिंहले भने,‘ प्रभावित क्षेत्रको अवस्था निकै दयनीय छ, हामीले केहि राहत लिएर गएका थियौं । तर त्यो पर्याप्त छैन, अब सरकारले तत्काल पीडितलाई राहत उपलब्ध गराओस् ।’ उनका अनुसार त्यहाँ एक हजार ५५ घर परिवार विस्थापित बनेका छन् ।

बारेकोट गाउँपालिकाले क्षतिको विवरण संकलन गरिसकेको उनको भनाइ । साथै उनले सो क्षेत्रमा बस्न सक्ने अवस्था नभएकाले तत्काल उपयुक्त स्थानमा बसाईं सार्न आवश्यक देखिएको बताए । सुरक्षित स्थानमा पुनसर््थापना गर्नुपर्ने उनको सुझाव छ ।

पहिरोपीडितको पुर्नस्थापना गर्न माग

कर्णाली प्रदेशमा आज भारी वर्षा हुने, सर्तक

पहिरोपीडितको पुर्नस्थापना गर्न माग

पुजारीसहितको सरकारी टोली बडिमालिकातर्फ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds