युवालाई साइबर सचेतना : डिजिटल साक्षरता तथा साइबर सुरक्षा कार्यक्रम

बाँके, १३ जेठ ।

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर सुरक्षासम्बन्धी चुनौती बढिरहेका बेला बाँकेका युवालाई लक्षित गर्दै “साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सुरक्षित डिजिटल प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार उपयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको परिषद्का कार्यकारी उपाध्यक्ष हंसराज खनालले जानकारी दिए ।

कार्यकारी उपाध्यक्ष खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले वर्तमान समयमा युवाका लागि डिजिटल साक्षरता अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक केशव पौडेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्ट तथा अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गरेका थिए । उनीहरूले साइबर अपराधका जोखिम, अनलाइन ठगी, व्यक्तिगत गोपनीयता सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल जिम्मेवारीका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले पछिल्लो समय साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको बताउँदै विशेषगरी युवापुस्ता यसबाट बढी प्रभावित भइरहेको उल्लेख गरे । उनले भने, “साइबर अपराधमा युवापुस्ताको संलग्नता र पीडित दुवै बढिरहेका छन्, त्यसैले सबैजना सचेत हुन जरुरी छ ।”

परिषद्का अधिकृत प्रेमराज रावतका अनुसार कार्यक्रममा बाँकेका विभिन्न शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागी विद्यार्थी बिन्दु शर्मा र खुस्बु केसीले कार्यक्रमबाट सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा तथा साइबर जोखिमबाट बच्ने उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिए । सहजकर्ता प्रकाश उपाध्यायले कार्यक्रमले युवामाझ डिजिटल दुनियाँलाई सुरक्षित, जिम्मेवार र सिर्जनात्मक रूपमा प्रयोग गर्ने चेतना अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको बताए ।

युवालाई साइबर सचेतना : डिजिटल साक्षरता तथा साइबर सुरक्षा कार्यक्रम

नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

युवालाई साइबर सचेतना : डिजिटल साक्षरता तथा साइबर सुरक्षा कार्यक्रम

गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा 

Leave a comment

Your email address will not be published. Required fields are marked *