उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङद्वारा सुर्खेत मोडेल कलेजको भ्रमण

सुर्खेत ,८ बैशाख ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले आज सुर्खेतस्थित पश्चिम नेपालकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित सुर्खेत मोडेल कलेजको भ्रमण गरेका छन्। आफ्नो पार्टीको साङ्गठनिक कामको सिलसिलामा सुर्खेत पुगेका घिसिङले कार्यव्यस्तताका बाबजुद समय निकालेर कलेजको अवलोकन गरेका हुन्।

भ्रमणका क्रममा अध्यक्ष घिसिङले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै उनीहरूको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिदै भने –

“विद्यार्थीहरूले आफूले सिकेको सीप र कामले उचित मूल्य-मान्यता पाउनुपर्छ। स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई नेपालमै टिकाइराख्न सरकारले ठोस कार्यविधि ल्याउनुपर्छ।”

क्याम्पस प्रमुख गणेश आचार्यका अनुसार, अध्यक्ष घिसिङले कलेजको शैक्षिक वातावरण र भौतिक पूर्वाधारको समेत अवलोकन गर्नुभएको हो। पूर्वमन्त्रीजस्तो व्यक्तित्वले कलेजको भ्रमण गर्दा विद्यार्थी र शिक्षक दुवैमा उत्साह थपिएको प्रमुख आचार्यले बताए ।

घिसिङले नेपालमै रोजगारी सिर्जना गर्न सरकारलाई विशेष आग्रह गरे। साथै आफ्ना केही नजिकका साथीहरू र पार्टीका प्रतिनिधिहरू सहित कलेजको भ्रमण गरेका हुन्।

विद्यार्थीहरूले प्राप्त गरेको शिक्षा र सीपलाई व्यावहारिक जीवनमा उतार्न र त्यसको कदर हुने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको विशेष जोड थियो।

सुर्खेत मोडेल कलेजले पश्चिम नेपालको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै घिसिङले कलेजको थप प्रगतिको कामना समेत गरेका हुन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङद्वारा सुर्खेत मोडेल कलेजको भ्रमण

‘समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ’

Leave a comment

Your email address will not be published. Required fields are marked *