लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

दाङ ,८ बैशाख ।

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ ।
बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल तथा पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

राष्ट्रिय फुटबल खेलाडी सिर्जना सिंह भन्छिन्, ‘अवसर

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *