घुयँत्राे:राति १२ बजेसँगै चुनावी माइक बन्द, तर अनाैठोपनको सायरन चालु !

निर्वाचन चिन्ह समेत सार्वजिक गरेर हिँडन नपाईने जेनजी निर्वाचन आयाेगले दिएकाे चुनाब प्रचारप्रसारकाे समय सिमानि साेमबार राति १२ बजेदेखि सकिएकाेछ । निर्वाचन चिन्हसमेत जनताले राम्ररी थाह पाउने गरि लिएर प्रचार प्रसार गर्न नपाउने याे निर्वाचनकाे परिणामनि अनाैठाे आयाे भनेनि हाम्ले अनाैठाे नमान्दा हुन्छ किनभने यहाँका मतदातानै अनाैठाछन अनि त परिणाम पनि त मतदाता अनुसारनै अनाैठाे आउने त हाे नि हैन र ? हुन्न भन्दाभन्दै हुन लाग्या चुनाब त भैगाे । जेनजी आयाेगकाे प्रतिवेदन बुझाउने म्याद थपाई र नपर्वाचन आयोगकाे चुनाबि आचारसंहिता उस्तै उस्तै हाेला जस्ताेछ । डरछेरुवा उमेदवार र दलका लागि आचारसंहिता फलामकै चिउरा हाेकि जस्ताे लाग्ने नडराईकन प्रचाराँ हिन्नेलाई केई न केई । जसरि कार्की आयाेग वलिसित डराएर कैलेकाे प्रश्न बाेकेर वलिकाँ पुग्छ अनि कैलेकाे के के नै गजबकाे कुरा ल्या हुम्ला र यै प्रतिवेदनले नै नेपालकाे कायापलट गर्लाझैँ गरेर म्याद थपेकाेथप्यै गरेर आउने सरकारलाई प्रतिवेदन बुझाएर दलवालाकाे सरकारले याे प्रतिवेदन लगेर फाेहाेरकाे डङ्गुराँ फालेछि फेरि सरकारकाे हैसियत देखिन्छ । देश सँधै लथालिङ्गै हुन्छ भन्ने मनसायलेनि प्रतिवेदन बुझाउने साईत नछाेप्या हुन सक्छ । अब चुनाब पनि सकिने कार्की आयाेगनि सकिने अनि जेनजी सरकारनि सकिने आखिर तिनैथरि एकसाथ आफ्ना जिम्मेवारी सकेर जाने हाेलान । त्यसपछि काे कस्ता सरकाराँ आउने हुन था छैन । तर चुनाबाँ उठ्या मान्छ्या अनुहार हेर्दा २/४ वटा बाहेक काेहि क्लिन मान्छे उठ्या देखिन्नन पुराना दल त भष्टाचारी र अपराधि त भए भए नयाँ दलका समेत चाेखा र निट एण्ड क्लिन काेहि देख्खियनन । काेहि सुन तस्करीयाँ जाेडिया अनि काेहि नागरिकता र पासपाेटाँ जाेडिया देखिएछि फेरि पनि देशलाई उनै दलाल र भष्टाचारीले चलाउने भएछि हाम्लाई ” काैवालाई बेल पाक्याे हर्ष न विस्मात” भन्याजस्तै हुनेभाे । चुनाब जित्नेका लागि त ठिकै हुने हाेला २ बर्ष अघिनै जेनजीकाे कृपाले मुखाँ ठूलै भाग आई पुग्याे भन्ने । तर ,चुनाब नजित्नेहरका लागि चाईँ जेनजी आन्दोलन नै अभिषाप लाग्नेनि हुन सक्छ । त्यसैले याे चुनाब जित्छु भन्ने साेचै नबनाकालागि जित र हार्छु भन्ने कैल्यै नसाेचेका लागि हार भएर आयाे भनेनि दुख मान्नु पर्ने अबस्था छैन । नेपालाँ चुनाब गराउने आन्दोलन भाे आन्दोलनले चुनाबि सरकार बनायाे , सरकारले चुनाब गरायाे गयाे । सरकार गएसितै जेनजीका मागपनि सेलाईय, भष्टाचारी पखालिय, दलालहरु अब दलाली गर्न बाटाे लागे , करिब ६ मैनाकाे उपलब्धि यीनैमा सिमित रहे देश ६ मैना अघि जस्तो थियाे त्याे भन्दा अँझ तन्नम अबस्थाँ उभिन्छ । भष्टाचारका लागि आँ ssss गरेर बसेका भष्टाचारी कर्मचारी देशलाई दुबै हातले लुछ्न तयार भएर बसेका छन । सके यै मैना नसके अर्को महिनाट तिनरका सुदिन फिर्नेछन अनि देश र जनताका दुर्दिन शुरु हुनेछन ।






