सुन बनाउने भन्दै: भारतीय नागरिक जुम्लाका गाउ

गाेेल्डेन बुढा

जुम्ला,१५ भदौ।
पुरानो कालो भइसकेको सुन टल्काइदिने भन्दै २० जना भन्दा धेरै भारतीय जुम्लाका दुर्गम बस्तीमा पुगेको पाइएको छ । तीन दिन अघि देखि जुम्लाको सिंजा क्षेत्रमा उनीहरु सक्रिय भएको देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । महिलाहरु भएको क्षेत्रमा जाने, सुन टल्काइदिने,गहना सजाइदिने,रंग्याइदिने भन्दै जबरजस्ती गर्ने गरेको पाइएपछि गाउँमा त्रास फैलिइएको छ । जुम्लाको हिमा गाउँपालिका १ बड्की गाउँकी फुलथुंगा शाहीले कानमा लगाएको सुन टल्काइदिने बाहनामा तौल नै घटाइदिएको बताइन् । कानमा लगाएको सुन कालो भएको भन्दै केही व्यक्ति आएर टल्काइदिने प्रस्ताव गरे । अपरिचित व्यक्तिले सुन टल्काइदिने भनेपछि बोल्न सकिन्,उनले भनिन्, ‘पछि तौल गर्दा त धेरै घटेको देखियो ।’ उनीहरु त सुन बनाइदिने भन्दै ठग्न आएको जस्तो भेटियो । त्रासले आफुले केही पनि बोल्न नसकेको बताइन । उनका श्रीमान विष्णु शाहीले गाउँमा सुन बनाइदिने भन्दै लुट्ने गिरोह सक्रिय भएको बताए । उनले भने, ‘भारतीय भेषमा गाउ“मा धेरै मान्छेहरु पसेका छन । उनीहरु गहना बनाइदिने भन्दै त्रास फैलाइरहेका छन । यसले गाउँबस्ती त्रसिद बनेका छन ।’फुलथुंगाले प्रहरी चौकी बड्कीमा निवेदन दिएकी छिन । उनको निवेदनको अनुसन्धान गर्दा २० जना भन्दा धेरै भारतीय गाउँ पसेको भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अहिले उनीहरु प्रहरीको उच्च निगरानीमा छन । कनकासुन्दरी गाउँपालिकाको केन्द्र गोठिजिउलामा होटलमा बसिराखेको अवस्थामा प्रहरीले निगरानी गरिरहेको छ । डिएसपी रबिनबाबु रेग्मीले भने, ‘उनीहरु उच्च निगरानीमा छन । जताबाट आएका हुन उतै फर्काइदिने तयारी भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय कालिकाट संग समन्वय भएर उनीहरुलाई कतै नरोकेर पठाइदिने तयारी भइरहेको छ । उनीहरु घुम्ती रुपमा काम गर्दै आइरहेको पाइएको छ । उनीहरुको टोली गाउँमा पसेपछि त्रास फैलिएको छ । मानिसहरु नभएको समयमा महिलाको गहना सजाइदिने,रंग्याउने र चोरी गर्ने प्रयास गर्नुले त्रास फैलिएको स्थानीयले बताएका छन । गाउँमा समुह बनाएर पसेका उनीहरु माथि अनुसन्धान गर्न स्थानीयले माग गरेका छन ।

सुन बनाउने भन्दै: भारतीय नागरिक जुम्लाका गाउ

“पुस्तकालय केवल किताब राख्ने स्थान होइन, ज्ञान

सुन बनाउने भन्दै: भारतीय नागरिक जुम्लाका गाउ

बालबालिकाको पठन संस्कृतिमा जोड दिन रुम टु

Leave a comment

Your email address will not be published. Required fields are marked *