गणतन्त्र दिवसकै दिन पूर्व राज्यमन्त्री खड्काको निधन

नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँस्थित आफ्नै निवासमा उहाँको विहिबार विहान निधन भएको हो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले शोक विज्ञप्तिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा खड्काको निधनको खबरले दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनजनमा समवेदना प्रकट गरेका छन् । स्व. खड्काले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने कांग्रेसले जनाएको छ ।

खड्का कांग्रेसको दैलेख जिल्ला सभापति र २०४८, २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ मा भएको संबिधान सभाको लागि भएका निर्वाचनमा भारी मतसहित निर्वाचित हुनुभएको थियो । २०६४ मा त्यतिबेलाको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका ३० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट जित्ने उहाँ एक्लो साँसद हुनुहुन्थ्यो ।

२०५२ मा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा निर्माण तथा यातायात व्यवस्था सहायकमन्त्री बन्नुभएको समयमा खड्काको पहलमा सुर्खेत–दैलेख मोटर बाटो र बिजुली बत्ति दैलेख सदरमुकाममा पुगेको थियो ।

२०६६ सालको माधव कुमार नेपाल नेतृत्वको सरकारमा उहाँ राज्यमन्त्री बन्नुभएको थियो । २०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका नेपाली काँग्रेसको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति हुनुहुन्थ्यो । २०६२–६३ को लोकतान्त्रिक आन्दोलनको दैलेखमा उहाँले नेतृत्व गर्नुभएको थियो ।

उहाँको जन्म १९९९ साउन १४ गते दैलेखमा भएको थियो । उहाँको श्रीमति, दुई छोरा र ४ छोरी छन् । जेठो छोरा र जेठी छोरीको यसअघि नै निधन भइसकेको छ । खड्का पछिल्लो दुई बर्षदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहनु भएको थियो । खड्काको निधनपछि काँग्रेस जिल्ला कार्य समितिले १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने जनाएको छ । खड्काको पार्थिव शरीरको विहिबारनै अन्त्येष्टि गरिएको छ ।

गणतन्त्र दिवसकै दिन पूर्व राज्यमन्त्री खड्काको निधन

सम्पादकीय : स्थानीय तहलाई बन्धक नबनाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *