लुम्बिनी प्रदेशमा खेलकुद मन्त्री बन्दै लोसपाका पाण्डे

दाङ ,११ साउन।

लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे मन्त्री बन्ने भएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पाण्डेलाई युवा तथा खेलकुद मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।
पाण्डेले भोलि सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुखकाे कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
मुख्यमन्त्रीसहित १२ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्‌मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।
वर्तमान मन्त्रिपरिषद्‌मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ जना मन्त्री रहेका छन्।

लुम्बिनी प्रदेशमा खेलकुद मन्त्री बन्दै लोसपाका पाण्डे

भदौ प्रन्ध अगावै स्याउ नटिप्न:जुम्ली किसानलाई सुझाव

लुम्बिनी प्रदेशमा खेलकुद मन्त्री बन्दै लोसपाका पाण्डे

जंगली विषालु च्याउ सेवनले एकै घरका पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *