भदौ प्रन्ध अगावै स्याउ नटिप्न:जुम्ली किसानलाई सुझाव

गोल्डेन बुढा
जुम्ला,११ साउन।
जुम्ली किसानलाई अपरिपक्क अवस्थामा स्याउ नटिप्न अपिल गरिएको छ। काचो अपरिपक्क अवस्थामा स्याउ टिप्दा स्याउको गुणस्तर खस्किदै जादा पहिचान गुम्ने खतरा बढेकोले परिपक्क भइसकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो।कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गर्दै भदौ दाेस्राे साता वा भदौ पहिलो १५ गते अगावै नटिप्न अपिल गरेको हो। कृषि विज्ञहरूका अनुसार,भदौ महिना पछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ। नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौति हुने गरेको विज्ञहरू बताउँछन्।सुरक्षित स्याउ टिपाई तथा बजारीकरणका लागि जोड दिनुपर्ने बताइएको छ।भदौ महिनाको दाेस्राे सातासम्म स्याउ बिक्रि बितरण नगर्न किसान र व्यापारीलाई आग्रह गरिएकाे छ।
परिपक्क र स्याउको रंग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्रि गर्न किसानलाई निर्देशन गरिएको छ। सूचनामा भनिएको छ, स्याउ बगैंचा धनीहरुले स्याउ नपाक्दै काचो स्याउ टिपेर विक्रि गर्नाले स्याउमा पौष्टिक तत्त्वको कमी हुने,गुणस्तर र स्वादमा कमी भई दिर्घकालीन रुपमा गुणस्तरमा असर देखिन्छ।स्वादिलो तथा गुणस्तरिय स्थाउ टिपी विक्री गर्न, अन्य जिल्लाको तुलनामा उच्च गुणस्तर कायम अपिल गरिएको हो। गत साउन २ गते जिल्ला समन्वय समितिकाे जिल्ला भेलामा सबै स्थानीय तह अन्तर्गतका वडा र कृषि शाखालाई काचो स्याउ टिपी विक्री गर्नमा रोकावट गर्न तथा ढुवानीका लागि सिफारिस नदिन आ-आफ्नो तर्फबाट आवश्यक पहल आग्रह गरिएको छ।काँचो नपाकेको स्याउ टिप्न स्थानीय तहले अनुमति नदिनु पर्ने र यस्ता कामहरुको निगरानी नजिकैको सरकारले गर्नुपर्ने उनी सराेकावालाहरुफबताउँछन्। विगत वर्षहरुमा काँचो र अपरिपक्क स्याउ बाह्य बजारमा गएकै कारण जुम्लाको स्याउको पहिचान गुमेको छ। ‘स्याउ प्याकेजिङ्गमै समस्या समस्य छ, ‘स्याउको बजार पहिचान गरी स्याउ निर्यात हुनुपर्ने हो, किसानले हतारिन जरुरी छैन, बगैचामा पाकेको रातो गुलियो स्याउ बेच्नुको आनन्द फरक हुन्छ।’किसानमा जनचेतनाको कमी रहेका कारण बजारकरीकारणमा थुप्रै चुनौति छन्,स्याउ फुल्नु भन्दा पहिले जुम्लाको स्याउको बजार पहिचान गर्न आवश्यक छ।
यता कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले किसान र ब्यापारी बिचमा समन्वय गरेर लिँदा जुम्लाको स्याउ बाह्य बजारमा बिक्रिका लागि उपयुक्त हुने तर्क गरे। अधिकारीले भने, ‘ब्यवसायिक रुपमा स्याउको व्यापार र उत्पादन बढाउन सके जुम्ला जिल्लामा मनग्य आम्दानी हुनेछ।’ उनले भने,” जिल्ला प्रशासन कार्यालय, जुम्ला र गाउँपालिकाहरूलाई काँचो स्याउको बिक्री र ढुवानीमा रोक लगाउन अनुरोध गरिएको छ।जुम्लाले गतवर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको थियोे ।तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो ।जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ ।जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ।जिल्लामा १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउ गरेको तथ्यांक छ।






