लुम्बिनी प्रदेश सभाको बैठक आज, प्रि–बजेट छलफल हुँदै

दाङ ,१३ जेष्ठ ।

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रि–बजेट छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

छलफल अन्तर्गत प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमबारे विस्तृत विचारविमर्श हुनेछ। यसअघि सम्पन्न बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो।

आजको बैठकदेखि प्रदेश सभाका सदस्यहरूले विधेयकमा आफ्नो धारणा र सुझाव राख्ने अवसर पाउनेछन्। प्रदेश सरकारले सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि तथा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्यमा लगानी, जलवायु परिवर्तनको सामना तथा समावेशी विकासलाई आगामी बजेटमा प्राथमिकता दिने तयारी गरेको जनाएको छ।

 

 

लुम्बिनी प्रदेश सभाको बैठक आज, प्रि–बजेट छलफल हुँदै

कर्णालीको कुल अर्थतन्त्रको आकार दुई खर्ब ५६

Leave a comment

Your email address will not be published. Required fields are marked *