राजपत्र अनंकित कर्मचारीको अभियान
सुर्खेत, १३ बैशाख ।
राजपत्र अनंकित कर्मचारीहरुको स्वतन्त्र र स्वस्फुर्त अभियानमा समर्थन गरिएको छ । राजपत्र अनंकित श्रेणी अन्तरगत सबै सेवा र समूहका कर्मचारीहरुको बृत्ति विकास, पेशागत हकहित र सेवाको सुरक्षाका लागि आफ्ना मागहरु राख्ने उद्देश्यले देशव्यापी अभियान सुरु गरिएको छ ।
अभियान अन्तर्गत सुर्खेतमा भएको भेलाले एक समिति गठन गरिएको छ । शिव केसीको संयोजकत्वमा १९ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । समितिको सह संयोजकहरुमा जीवन रुपाखेती, नर बहादुर थापा, दुर्गा कुमारी उपाध्याय, भानुभक्त रिजाल, तिलक सोमै, उमाकान्त कँडेल चयन भएका छन् ।
त्यसैगरी सचिवालय सचिवमा पुराण प्रसाद रिजाल र सूर्य बहादुर खड्का, केन्द्रीय समन्वयकर्ता डम्बर बहाुदर विष्ट, मेघनाथ शाही, बासुदेव गौतम चयन भएका छन् भने सचिवालय सदस्यहरुमा किशोर पाण्डे, गणेश पौडेल, कुमार ज्ञावली, राज कुमार सिंह, पूर्ण प्रसाद पाण्डे, क्षेत्र बहादुर जिस र पदम बहादुर रावल चयन भएका छन् ।