मौरीपालन कृषकलाईस् वडाले दियो सीप
जुम्ला, १३ बैशाख ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ काब्रागाउँमा मौरीपालक कृषकहरुलाई तालिम सिकाइएको छ। वडाभित्रका दस वटा गाउँ-बस्तीका २० जना मौरीपालक कृषकहरुको सहभागीता थियोे। वडाको १ लाख बजेटबाट विगतदेखि मौरीपालन जिविकोपार्जन गरिरहेका कृषकलाई पाँच दिने तालिमको आयोजना गरिएको वडा अध्यक्ष भिमबहादुर भण्डारीले बताए।
उनले,झभने महको उत्पादन र गुणस्तर वृद्धि गर्ने उदेश्य हो।झअध्यक्ष भण्डारीका अनुसार,ुउक्त वडाका गाउँ(बस्तीहरु महका उत्पादनका हिसाबले जिल्लामै मुलधारमा मानिन्छ।वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिनेछ। मौरी कृषकलाई प्रशिक्षित गराई गुणस्तर वृद्धि गरि दक्ष बनाउन सीप दिइएको हो।ुप्रति कृषक २४ देखिमाथि घार छन्।वडाभरि कुल ५ सय ४ वटा मौरीघार छन्।
पाँच दिने आधारभूत तालिममा कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड जुम्लाका सचिव नारायण चौलागाईले सहजीकरण गरेका थिए। गुणस्तरीय मह उत्पादनको अवसर, चुनौती, मह प्रशोधन, लेबलिङ्ग, प्याकेजिङ्गलाई मुख्य आधार मानेर प्रशिक्षण दिइएको बताए।उनले,ञआत्मनिर्भर, व्यवसायिक सिप कृषकहरुलाई सिकाइको बताए।सहभगीहरुले पाँच दिनेअवधिभर सिकेको सीप व्यावहारिक भएको बताए।
मौरी पालन सम्बन्धि आधारभूत कुरा सिकेको दाबी गरे।यता कनकासुन्दरी गाउँपालिका (१ म्रर्फान गाउँका ३५ वटा मौरी घार भएका चन्द्रबहादुर भण्डारीले उत्पादित मह प्रशोधन घरायसी विधि भन्दा व्यवसायिक रुपमा गरे धेरै आम्दानी लिन सकिने बताए।उनले,झ भने व्यावसायिक मौरीपालन धेरै गरे। तर, आवश्यक ज्ञान नहुदा गुणस्तरीय मह उत्पादन गरे पनि प्रशोधन गर्दा सामान्य कुरामा ख्याल नगर्दा ठुलो नोक्सान व्यहोरीरहेको दुखेसो पोखे।अब,सीप सिके महको गुणस्तर वृद्धि गर्न सिकेका सबै सीप व्यवहारमा उतार्ने छँ,अर्को २४ वटा मौरीघार भएका बुम्र गाउँका जयबहादुर बुढाले परम्परागत मान्यता रहेको मौरी पालनलाई व्यवसायिक रूपमा अगाडि बढाउने कार्यको सान्दर्भिक काम गरेको बताए।
यस्तै उक्त वडा सागेपाल्त गाउँका जग भण्डारी मौरीपालन गर्न थालेको १८ वर्ष भयो । उनको दैनिकी मौरीको स्याहारसुसार बित्छ।उनी संग २२ वटा घार छन्। अझै मेहेनत र लगाव हुन सिकायो,आभारी छुँ,उनले सुनाए। “मैले जानेबुझेको कुरा जानीजानी अरुलाई सिकाउने अठोट गरे। व्यावसायिक बन्न प्रेरित दिनेछुँ।सहभागी सबैलाई बाल्टीन, मौरीको मह निकाल्न प्रयोग गर्ने जाली, लगाएतका सामाग्री समेत उपलब्ध गराइएको छ ।
”जुम्लामा ‘सेराना’ जातको मौरीपालन हुने गरेको छ। जुम्लाको एक नगरपालिका,सात वटै गाउँपालिकाका र ६० वटै वडामा मौरीपालन गरिन्छ। जुम्लाको मह काठमाडौं, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवन र पोखरालगायत सहरमा पुग्छ। मौरीपालनबारे जुम्लामा सरकारी तथ्यांक छैन । तर, कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड जुम्लाका अनुसार जुम्लामा अहिले ८ हजार ४ सय मौरी घार छन्।
‘जिल्लाभर वर्षमा ५० हजार केजी हाराहारी मह उत्पादन भइरहेको छ। ‘प्रतिकिलो २ हजार ५ सय रुपैयाँले बेच्दा बार्षिक १२ करोड रुपैयाँ जिल्ला भित्रिने गरेको छ।’ सहकारीको तथ्यांकअनुसार पातारासी गाउँपालिकामा सबैभन्दा बढी १ हजार ६ सय घार, तिलामा १ हजार ५ सय, गुठीचौरमा १ हजार ४ सय, कनकासुन्दरीमा १ हजार २ सय, हिमामा ७ सय, चन्दननाथमा १ हजार र तातोपानी र सिँजामा ५ र५ सय घार मौरी पालेका छन्।
क्याप्सन : माैरी तालिममा सहभागी कृषकहरुको तस्बिर