घुयँत्राे:“जेनजी आन्दोलन: भ्रष्टाचार हटाउन उठ्यो, चुनाव फर्काउन बस्यो !”

भदाै २३/२४ काे आन्दोलनलाई गम्भीर भएर सुक्ष्मरुपमा विश्लेषण गर्ने हाे भने आन्दोलनकारीहरुकाे उदेश्य आन्दोलन सफल पारेर सत्ता आफ्नो हातमा लिउँला र देशमा आँफुले उठाएका मागहरु कार्यान्वन गराैँ भन्ने थिएन । उनिहरु त देशकाे भ्रष्ट कर्मचारी प्रशासनमा परिवर्तन नेता हुन वा कर्मचारी वा अन्य जाे काेहि भष्टाचारीहरुलाई कार्वाहि र यति सानाे मुलुकमा स्थानीय र संघ गरि जति प्रतिनिधिहरुकाे प्रतिनिधित्व गराएर राष्टकाे ढुकुटि सक्ने पर्यत्न गरिएकाेछत्यसलाई राेक्न संघ ,प्रदेश र स्थानीय तहमा अत्यन्त न्यून प्रतिनिधित्व गराएर पनि शासन सन्चालनगर्न सकिन्छ र देशलाई विकसित गराउन सकिन्छ भन्ने हाे । तर उनिहरुकाे चाहना आँफुले शासन गर्ने हैन नत ओलिकाे सरकार सत्ताच्युत भएपछि जेनजीका नाममा बनेकाे सरकारले भष्टाचारीहरुलाई कार्वाही नगरि हत्तनपत्त चुनाबकाे घाेषणा गरेर भष्टाचारीकाे कार्वाहीकाे सट्टा तत्काल ६ मैना भित्र सत्ता हस्तान्तरण गर्ने हाे । तर जेनजीहरुकाे चाहना विपरित अन्तरिम सरकार देशमा संगालिएकाे भष्टाचार र बेथिति अनि सबै क्षेत्रमा देखिएकाे विसङ्गतिकाे अन्त्य गर्नुकाे सट्टा तिनलाई जस्ताकाे त्यस्तै राखेर हिजाेकै निर्वाचन ऐन नियममा रहेर चुनाबमा जान खाेज्दा परिवर्तनको आैचित्य के ? अनि चुनाबबाट फेरि तिनै प्रतिनिधि निर्वाचित भएर आउने वातावरण निर्माण गरि निर्वाचन गराउन हतार गर्ने हाे भने भष्टाचार र बेथितिकाे अन्त्य कसरी र कहाँ हुन्छ र याे आन्दोलनलाई जेनजी आन्दोलन र उनिहरुकै चाहनामा हुन लागेकाे निर्वाचन भनेर फलाकि रहन जरुरी छैन । हिजाेकै भष्टाचारी नेता र तिनका दलहरुलाई नै फेरिपनि सत्ताकाे हर्ता कर्ता बनाएर ल्याउने हाे भने कराेडाैँ रुपैयाँ खर्च गरि गरि निर्वाचन गराउनुकाे आैचित्यनै केछ । जेनजी आन्दोलनकाे एकमात्र उदेश्य भष्टाचारीहरुलाई कार्वाहि गर्ने र कार्वाहि पछि गरिनेने चुनाबमा मात्र शुध्द र निश्पक्ष व्यक्तिहरुकाे प्रतिनिधित्व हुन सक्ने भन्ने कुरा जेनजीहरुले प्रधानमन्त्रीलाई बुझाउन नसकेका हुन कि प्रधानमन्त्रीले बुझेरनि बुझपचाएकि हुन ऐलेकाे खास समस्या भनेकै यै हाे । ल ! राजनीतिबाट आएका मान्छे हरुले त जनतालाई न्याय दिन सकेनन र सँधैभरि देशलाई भष्टाचारमा डुबाए , आफ्नो परिवारलाई मात्र बनाए,देश र जनताकाे भलाे हुने कुरा कैल्यै साेचेनन अनि यै भष्टाचारकाे पराकाष्ठाले जेनजी आन्दोलन भयाे र आन्दोलनले न्याय क्षेत्रकाे मान्छेलाई भष्टाचारकाे अन्त्यगर्न जिम्मेवारी दिए पछि उनले फेरि त्याे जिम्मेवारी आँफुले पूरा नगरि निर्वाचित सरकारले गर्छ भनेर देशका सबै समस्या असरल्ल पारेर एकाेहाेराे निर्वाचनका पछि मात्रै लाग्नुले पनि प्रधानमन्त्री सुशिला कार्की माथि अनेक प्रश्न उठि रहेका छन । के जेनजी आन्दोलन अनि यसकाे सफलता यत्ति ओलिकाेे हातबाट ६ मैनाका लागि सत्ता अरुले हातमा लिने र अनि ६ मैना पछि फेरि तिनै ओलि वा भष्टाचारका नाईकेहरुलाई सत्ता हस्तान्तरण गर्ने मात्रै थियाे त ? सरकारकाे ऐलेसम्मकाे गतिविधिले त त्यै कुरा देखाउँछ । त्यसाे त आन्दोलन पछि आँफै २०/२२ चिरा बनेर आएका जेनजीहरुका कुराका ठेगान नभएका कारणले पनि हुनसक्छ प्रधानमन्त्री सुशिला कार्की जति सक्याे छिटाे यिनै भष्टाचारीलाई सरकारकाे जिम्मा लाएर आफू याे खेल मैदानबाट भाग्न चाहन्छिन । हेरम ! चुनाबपछि जेनजीहरकाे चेत खुल्छ कि यिनिहरनि दलका तिनै भ्रष्ट नेताहरुकाे हातमा पुन सत्ता गएकाेमा खुशीले उन्मत्त हुन्छन । दुई मैनापछि था हुन्यैछ ।

घुयँत्राे:“जेनजी आन्दोलन: भ्रष्टाचार हटाउन उठ्यो, चुनाव फर्काउन बस्यो !”

सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद

घुयँत्राे:“जेनजी आन्दोलन: भ्रष्टाचार हटाउन उठ्यो, चुनाव फर्काउन बस्यो !”

नेपाली कांग्रेस जाजरकोटको १५ औँ जिल्ला अधिवेशन:

Leave a comment

Your email address will not be published. Required fields are marked *