कोहलपुरमा परमेश्वरको मण्डलीद्वारा १७५२औं रक्तदान कार्यक्रम सम्पन्न

कोहलपुर ,७ मंसिर ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा कोहलपुरमा १७५२औं रक्तदान कार्यक्रमा आयोजना गरी १६ हजार ४५० मिलिलिटर रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । रक्तदानमा ४७ जना सहभागी थिए । मण्डलीले नोभेम्बर २३ तारिखको दिन लुम्बिनी प्रदेशको कोहलपुरमा अवस्थित परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना गरेको हो ।

परमेश्वरको मण्डलीका पदाधिकारी नयाँ करार निस्तार-चाडद्वारा मानवजातिलाई अनन्त जीवन दिएका ख्रीष्टको प्रेम र बलिदान अनुकरण गर्दै अमूल्य छिमेकीहरूमाझ जीवन बाँड्न रक्तदान अभियान आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले रक्तदान कार्य मानव सेवाको विभिन्न कार्यहरूमध्ये सबै भन्दा सर्वोत्तम कार्य रहेकाे बताइन । उनले यस्ता मानवीय सहयाेगका कर्यक्रमले निरन्तरता पाउनु पर्ने बताइन ।

कोहलपुरमा परमेश्वरको मण्डलीद्वारा १७५२औं रक्तदान कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यि हुन सात

कोहलपुरमा परमेश्वरको मण्डलीद्वारा १७५२औं रक्तदान कार्यक्रम सम्पन्न

जुम्लामा १६ दिने अभियान तयारी बैठक सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *