जुम्लामा १६ दिने अभियान तयारी बैठक सम्पन्न

गाेल्डेन बुढा

जुम्ला,७ मंसिर।
लैंगिक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियानलाई यस वर्ष कर्णालीमा थप प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले आइतबार एक उच्चस्तरीय समन्वय बैठक सम्पन्न गरेको छ। बैठक आयोगकी कार्यालय प्रमुख कल्पना नेपाल (आचार्य) को अध्यक्षता तथा चन्दनाथ नगरपालिकाको नेतृत्वमा आयोजना गरिएको हो।उक्त बैठकले जुम्ला जिल्लामा लैंगिक हिंसा नियन्त्रणका लागि विभिन्न सरोकारवाला निकायबीच सहकार्य र जिम्मेवारी स्पष्ट गर्ने निर्णय गर्दै आगामी १६ दिन अभियानलाई “परिणाममुखी” बनाउने रणनीति तय गरेको छ।

विविध क्षेत्रको उल्लेखनीय उपस्थिति बैठकमा सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संस्था, महिला समूह, सञ्चारकर्मी तथा समुदाय प्रतिनिधिसहित दर्जनौँ व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।उपस्थित प्रमुख व्यक्तिहरूमा पुष्पा थापा, बालकल्याण अधिकृत, चन्दनाथ नगरपालिका कमला कठायत, वरिष्ठ महिला विकास निरीक्षक अम्बिका मल्ल, महिला शाखा प्रमुख भूमिका खड्का, महिला–बालबालिका सेवा डेस्क, जिल्ला प्रहरी कार्यालय प्रकाश उपाध्याय, सचिव, नेपाल पत्रकार महासंघ जुम्ला गोल्डेन बुढा, पत्रकार,नेत्रबहादुर शाही, पूर्व अध्यक्ष, पत्रकार महासंघ दिमा आमा घर, सोसेक नेपाल, गैसस महासंघका कार्यवाहक अध्यक्ष टेकबहादुर रावत,प्रेमबहादुर शाही, स.ई., सामाजिक विकास कार्यालय राजकुमार बि.क., कर्मचारी, मानव अधिकार आयोग उपस्थित सबै संस्थाहरूले लैंगिक हिंसाका मुद्दामा समन्वित अभियान आवश्यक रहेको निष्कर्ष साझा गरे।
१६ दिने अभियानका कार्यक्रम: बहुआयामिक जनचेतनामूलक गतिविधि
बैठकले २०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म (नोभेम्बर २५–डिसेम्बर १०, २०२५) सञ्चालन हुने अभियानका कार्यक्रमहरू विस्तृत रूपमा सार्वजनिक गरेको छ।तय गरिएका मुख्य दिवसहरू नोभेम्बर २५ – उद्घाटन समारोह, प्रतिबद्धता घोषणासहित प्रभातफेरी डिसेम्बर १ – विश्व एड्स दिवस: सचेतना र स्वास्थ्य परीक्षण,डिसेम्बर ३ – अन्तर्राष्ट्रिय अपाङ्गता दिवस: अधिकार र पहुँचमा सम्बद्ध कार्यक्रम,डिसेम्बर ५ – स्वयंसेवक दिवस: समुदाय सेवामा युवा सक्रियता,डिसेम्बर ८ – मर्यादित महिनावारी दिवस: स्वास्थ्य, सरसफाइ र सामाजिक पहिचान,डिसेम्बर ९ – भ्रष्टाचार विरुद्धको दिवस: सुशासन र पारदर्शिता बहस र डिसेम्बर १० – मानव अधिकार दिवस: अधिकार संरक्षणका प्रतिवद्धता नवीकरण यी कार्यक्रमहरू मार्फत विद्यालयदेखि समुदायसम्म, महिला समूहदेखि स्थानीय निकायसम्म, विविध तहका नागरिकलाई प्रत्यक्षरूपमा संलग्न गराउने लक्ष्य रहेको आयोगले जनाएको छ।
बैठकले कार्यक्रमहरू प्रभावकारी बनाउन प्रत्येक संस्थाको भूमिका स्पष्ट गरेको छ।
जिल्ला प्रशासन कार्यालय : समग्र प्रशासनिक समन्वय,चन्दनाथ नगरपालिका : स्थानीय स्तरका कार्यक्रम संचालन,सामाजिक विकास कार्यालय : समुदायमा आधारित जनचेतना कार्यक्रम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : स्वास्थ्य तथा मनोसामाजिक सेवा,मानव अधिकार आयोग : अनुगमन, तथ्य सङ्कलन, अधिकार अभिवृद्धि र अन्य सरोकारवाला संस्था : क्षेत्रगत गतिविधि र सहकार्य यस वर्ष अभियानलाई “कागजमा सीमित नभई वास्तविक प्रभावमा केन्द्रित” गर्ने निर्णय गरिएको छ।उपस्थित प्रतिनिधिहरूलाई सम्बोधन गर्दै कार्यालय प्रमुख कल्पना नेपाल (आचार्य) ले लैंगिक हिंसा अन्त्यका लागि संरचनागत, सामाजिक तथा भावनात्मक परिवर्तन आवश्यक रहेको बताइन्। उनी भन्छिन्“लैंगिक हिंसा अन्त्य गर्न समुदाय, संस्था र सरकारको संयुक्त प्रयासमै विकल्प छ।

१६ दिने अभियानले हाम्रो प्रतिवद्धतालाई व्यवहारमा रूपान्तरण गर्ने अवसर हो।”उनका अनुसार यस वर्षको अभियानमा “मात्रै सहभागी होइन, प्रत्येक संस्थाले आफ्नो भूमिका स्पष्ट रूपमा निर्वाह गर्ने” अपेक्षा गरिएको छ।अभियानका कार्यक्रम, सरोकारवालाको प्रतिबद्धता र बहु–क्षेत्रीय सहकार्यका कारण यस वर्षको १६ दिने अभियान जुम्लामा “दृष्टान्तीय मोडेल” बन्न सक्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।समुदायमा रहेका पीडित आवाजलाई उजागर गर्दै हिंसा रहित समाज निर्माण गर्ने लक्ष्यसहित जुम्लामा अभियानको तयारी अब अन्तिम चरणमा पुगेको छ।

जुम्लामा १६ दिने अभियान तयारी बैठक सम्पन्न

वाम–एकताको शक्तिशाली उपस्थिति जुम्लामा

Leave a comment

Your email address will not be published. Required fields are marked *