बनगाडमा वडा भवनका काम सम्पन्न धमाधम उद्घाटन हुदै

दुर्गा विसि

सल्यान ,८ असार।

सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाले धेरै वडा कार्यालयहरु आफनै भवनबाट सेवा दिन थालेका छन् ।भखरै यहि आर्थिक वर्षमा सम्पन्न ३ वटा वडा कार्यालयहरुकाे उद्घाटन गरेको छ ।वडा नं,२,३ र १० काे क्रमशसँगै उद्घाटन भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा वडा ७ र ८ कार्यालयको उद्घाटन भइ सेवा सुचारू गरिएको थियोे ।साथै दुई वर्ष अघि नगरकाे प्रशाकिय भवनकाे उद्घाटन गरेको याे टिमले यतिबेला वडा कार्यालय सम्पन्नता भवनहरु धमाधम उद्घाटनकाे दौडानमा रहेको नगर प्रमुख कर्ण वहादुर वुढाथाेकिकाे भनाइ रहेको छ ।

वडा ११ र १२ मा यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि काम अघि वढेकाे जनाएको छ भने वडा नं ९ को टेण्डर प्रक्रियामा रहेको प्राविधिक शाखा प्रमुख महेश देवकोटाले जानकारी दिनु भएको छ ।नागरिकलाई सहि र सजिलोरुपमा डेलिभरि दिन पहिले कार्यालय प्राथमिकता भएको र वडा कार्यालय नहुदा भाडामै वर्षमा लाखौं रकम खर्च हुने,सेवा ग्राहीलाई समस्या हुने भएकोले पालिकाले धमाधम वडा कार्यालयका संरचनाको कामलाई तीव्रता दिएको जनाएको छ ।

हालै २,३,५,७,८,१०,११ र १२ गरि ८ वटा वडा कार्यालयहरु याे आर्थिक वर्षमै आफ्नै भवनबाट सेवा सुचारू गर्ने छन् ।१,४ र ६ नं वडा कार्यालयहरु जग्गा प्राप्तिको चरणमा रहेको जनाएको छ ।ती कार्यालय भाडाको घरबाट सेवा दिइरहेका छन् ।

बनगाडमा वडा भवनका काम सम्पन्न धमाधम उद्घाटन हुदै

कोहलपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर ७

Leave a comment

Your email address will not be published. Required fields are marked *