छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन 

दार्चुला, ७ पुस ।

दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्‌द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् ।

मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए ।  उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि  स्थानीयले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएका छन् । चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९ः००–१०ः०० बजेदेखि राति २ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए ।

मिनिग्रेडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारण लाइन निर्माण गरिएको छ । सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत कार्यालयमा पनि सोही ग्रेडबाट विद्युत् आपूर्ति भइरहेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्‌द्धन केन्द्रका वरिष्ठ अधिकृत अमानुवल हक अन्सारीका अनुसार मिनिग्रिड निर्माणमा केन्द्रको रु चार करोड १३ लाख ३३ हजार १०२ र स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ । यसअघि छाङरुमा लघु जलविद्युतमार्फत विद्युत् सेवा पुर्‍याउने प्रयास भए पनि हिमपात, बाढीपहिरोका कारण पटकपटक क्षति पुग्दा सेवा नियमित हुनसकेको थिएन । घरघरमा उज्यालो भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।

 

 

 

 

 

 

 

छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन 

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *