व्यक्तित्व चर्चा : “लोकतान्त्रिक राज्य व्यवस्था नै उत्तम व्यवस्था हो’’ गोपाल देव गिरी

–पृथ्वीबहादुर सिंह
वुवा नारायण गिरी आमा भागिरती गिरीका पाँच भाई छोराहरुमा जेठा डा. जिवेन्द्र देव गिरीका माइला भाइका रुपमा पुरानो काप्रिचौर गा.पा. हाल सिम्ता गा.पा.७ काप्रिचौर गाउँमा २०१२ वैशाख १८ गते शुक्रवार गोपालदेव गिरी निम्न मध्यम परिवारमा जन्मेका थिए ।

सातवर्षको हुँदा श्री ने.रा.प्रा.वि.काप्रीचौरको बैशटाकुरामा पाल्पाली गुरुबाट अध्ययन शुरु गरेका हुन । त्यो समय विद्यालय लिपपोत खाद्यान्न, पानी समेत लिएर गुरुका खुट्टामा ढोगी गुरु आमा गुरु भाई दाजु भनि संम्बोधन गर्नु पथ्र्यो । साधारण वारखरी लेखपढ पछि ८ वर्षको हुँदा वि.सं.२०२२ सालतिर गोठीकाडाँ गाउँ पन्चायत हालको वि.न.पा १४ मा अहिलको जन मा.वि. त्यो समय पब्लिक हाई स्कुलमा एक महिना अगाडी भर्ना भएर १ कक्षा पास गरेका हुन् ।

त्यसपछी आफ्नै वुवा नारायण गिरीको पहलमा आशाअमर विद्यालय इन्द्रदेव भारतीको जग्गामा स्थापना गरेपछी अध्ययन गर्न थालेका हुन । त्यहाँ पनि एक जना विद्यार्थीले सलाई कोरी छाप्रो जलाई दिएपछी त्यो विद्यालय इन्द्रलाल गिरी को जग्गामा सारियो । त्यहा“बाट पनि गोविन्द गिरीका जग्गामा सारियो । त्यो समय गुरु खगेन्द्र देव भारती तुलाराम भारती र तुलाराम गीरी थिए ।

उक्त विद्यालय स्वीकृत नहुँदा शिक्षकहरुले अध्ययन गराएको तलब नपाउँदा काठ ढुंगा समेत लिएका थिए र पछि कोही हालको भैरव मा.वि.मा अध्ययन गर्न गएका थिए । गोपाल गिरी भने जन मा.वि. मा कक्षा–६ देखी ८ कक्षा सम्म अध्ययन गरेका हुन् । त्यसपछी आफ्नो परिवार वस्ती सरेर हालको वैजानाथ गा.पा. को जि गाउँ पुनरवास कम्पनी बाँके जाँदा एक वर्ष अध्ययन छाडेर खेतीपाती गर्दै आदर्श नि.मा.वि. खजुरामा कक्षा–९ उत्तिण गरे । अर्को वर्ष पुन सुर्खेतफर्कि १० कक्षा जन मा.वि. वीरेन्द्रनगर अध्ययन गरी एस.एल.सी. परीक्षा उत्तिर्ण गरेका थिए ।

एस.एल.सी उत्तिर्ण गरुञ्जेलसम्म हालको वैजानाथ गा.पा. टिटिरिया गाउँ बाँकेमा खेती गरेर बसेका थिए । त्यसपछी दाजु डा. जिवेन्द्रदेव गिरी काठमाडौं जागिरे भएपछी उनी काठमाडौं गएर रत्न राज्य क्याम्पसमा सहायक लेखापाल पास गर्न पुगेका थिए । सोही अवधीमा सरस्वती क्याम्पसमा पहिलो सेमिष्टर पढेर छोडे र आइ.ए. प्राइभेट पास गरी सोही अवधिमा त्रिचन्द्र क्याम्पस बि.ए.को भर्ना फाराम भरी सकेको समयमा वुवाको मृत्यु हुँदा बाँके टिटिरीया आए ।

२०३७ सालमा क्रियाबाट उम्केर सुर्खेत उपत्यका ढलेको घर उठाएर सुर्खेतमा फर्किए । आमालाई बाँके खजुराबाट ल्याएर २०३९ सालको लेखापाल परीक्षा उत्तिर्ण गरेर वन कार्यालय डोटी सिलगढीमा तिन महिना कार्य सम्पादन गरी सरुवा भएर रक्षा कन्ट्रोल सुन्धारा काठमाण्डांै गए । सुन्धारा जागिर रत्नराज्य क्याम्पसमा विहानी कक्षा बि.एड. पास गर्न सकिन्छ भन्ने दाजु जिवेन्द्र देव गिरी को सल्लाहमा अध्ययन सल्लाह थियो ।

त्यो नमानि सि.एस.ए. क्याम्पस सुर्खेत अध्ययन पछी लोकसेवा पास गरी लेखापाल भएर मध्यपश्चिम क्षेत्रीय भेटनरी सुर्खेतमा पशु कार्यालयमा लेखा कार्य गर्दै पशुसेवा भेटनरी एकिकरण पछी सरुवा भएर कृषि कार्यालय रुकुम गएर सेवा गरेका थिए । पन्ध्र महिना पछी २०५१ मा रुकुमबाट सरुवा भएर वैशाख १ गते कोलोनिका सुर्खेतमा आए । त्यसपछी पुनरावेदन अदालत सुर्खेत हु“दैं जिल्ला वन कार्यालय, काजमा झुप्रा खानेपानी, निर्वाचन, मेलेनिका, कोलोनिका सुर्खेतमा चार बर्ष नोकरी गर्ने अबधि हुँदै २०६६ अषाढबाट स्वइच्छाले अवकाश लिएका हुन् । ससुरा खड्डक गिरी, सासु मोती गिरीका १ छोरा र २ छोरी मध्य कान्छी हरिमाया गिरीसंग २०३८ सालमा मागी विवाह गरेका थिए । उहाँका जेठा छोरा शुनिल गिरी, कान्छा शुशीर गिरी र छोरी सपना रहेका छन । जेठो छोरा सुनिल गिरी अध्ययन भिसामा अमेरिका गै अध्ययनपछि वैंक अफ अमेरिका शाखा कार्यालय शानफ्रान्सीस्कोमा कार्यरत छन् ।

अमेरिकामा नै अध्ययन गरेकी पहिले दाङ घर भएकि शिलु गिरीसंग विवाह गरी १ छोरा १ छोरी समेत जन्माएका छन् । छोरा, वुहारी, नातिनातिना भेटन् बोलाउ“दा पा“च पटक सम्म अमेरिका भ्रमणमा दुुवै लोग्ने स्वास्नी गइ सकेका छन् । कान्छा छोराले टुरिज्म अध्ययन फिन्ल्याण्डबाट गर्न पुगेका छन् । आर्ट पनि उनको रुचीको विषय भएकोले फाइन आर्ट कक्षा प्राइभेटरुपले विरेन्द्रनगर मै अध्यापन पनि गराई रहेका छन् । सृजना फाइन आर्ट कलेज काठमाण्डौंबाट आइ.ए. उत्तीर्ण पनि गरेका छन् ।

गोपाललाई अध्ययन र नोकरी गर्न सघाउने जेठा दाजु प्रा.डा. जिवेन्द्र देव गिरी को अहंभुमीका रहेकोले संधै स्मरण गर्दछन । सम्पतीमा उनको वीन.पा.वार्ड न.३ मुलपानी चोकमा ढाइ कठ्ठा जग्गा र पा“चतले १ पक्की भवन छ । एकतला वैक भाडामा संचालन छ । तेस्रो तलामा दुइकोठामा, “नारायणी भागीरथी सेवा समाज संस्थाको कार्यालय र पुस्तकालय छ । उनी त्यस संस्थाको अध्यक्ष रहेका छन् । तिनै कोठामा दाजु प्रा.डा.जिवेन्द्र देव गिरीले संकलन देखी आफ्ना विभिन्न विषय विद्याका प्रकाशन पुस्तक दिएर पुस्तकालय समेत रहेकोले पुस्तकालयका व्यवस्थापन कार्य समेत गर्दै अध्ययनमा समय बिताउँने गरेका छन् । यही पुस्तकालयबाट विभिन्न विधाका ७५ पुस्तकहरु हिमाली पुस्तालय भैरव स्थान सुर्खेतलाई उपहार पनि दिएका छन् ।

लामो समय जागीरे जिवन बिताउँदा सामान्तबाट निरंन्कुश सत्तामा दबिएर बस्दा पनि बहुदलिए प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्र नै हुनु पर्छ भन्ने मुल उद्देश्य राख्दै आएका थिए गोपाल गिरी । २०४६ सालको प्रथम जनआन्दोलन र २०६२÷०६३ को दोस्रो सयुक्त जनआन्दोलन हु“दा आफनो दरो समर्थनदेखि उपस्थिती समेत जनाएका थिए । २०७२ सालमा जनसंविधान लागु भएर दुई पटक तिनै तहको जननिर्वाचित भएर जनसरकार भै रहेका छन । तरपनि निरंकुश सामान्तवादवाट उत्पादित सामान्ती संस्कार हट्न नसक्दा राज्य तहका जनप्रतिनिधी क्रर्मचारी तन्त्र आपm्नो श्रmमले बाच्ने प्रजातन्त्रिक अभ्यास नगरी कमिसन भ्रष्टाचार अनेक व्यतिथि हट्न सकेको छैन ।

उता जंग वहादुरले लगाएको लाहुरे संस्कृती रेमिट्यान्स खाने कमाउन विदेशको श्रमदास युवायुवती म्यानपावर कम्पनीबाट पठाउने क्रिया तिनै तहका सरकारमा जानेहरुको प्रवृत्ती हट्न सकेको छैन । लोकतान्त्रिक गणतन्त्र नै संसारमा उत्तम राज्य व्यवस्था मानिन्छ । साथ साथै शुसासन हुन सकेपछी मात्र द्धन्द्ध अन्त हुन्छ भन्ने पार्टी संचालन गर्ने नेतृत्वमा छिटो ज्ञान पलाओस् लोकतान्त्रिक गणतन्त्र स्थायित्व होस् । पशुपतीनाथले ज्ञान दिउन भन्ने दुर सन्देश पनि दिँदै आएका छन् गोपाल गिरी ।

व्यक्तित्व चर्चा : “लोकतान्त्रिक राज्य व्यवस्था नै उत्तम व्यवस्था हो’’ गोपाल देव गिरी

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

व्यक्तित्व चर्चा : “लोकतान्त्रिक राज्य व्यवस्था नै उत्तम व्यवस्था हो’’ गोपाल देव गिरी

सम्पादकीय : लागुऔषध न्यूनिकरणमा ध्यान देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *