कटुवा पेस्तोलसहित नेपालगञ्जबाट दुई किशोर पक्राउ

बाँके, २ भदौं ।
बाँकेको नेपालगञ्जबाट कटुवा पेस्तोलसहित दुई जना किशोर पक्राउ परेका छन् । नेपालगञ्ज उपमहनगरपालिका वडा नम्बर ४ का १७ वर्षीय समीर ढापाली र १६ वर्षीय राजन सोनकर कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित पक्राउ परेका हुन् ।
उनीहरू चेकजाँचका क्रममा आइतबार दिउँसो १ बजेतिर पुष्पलाल चोक नजिकबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट नियमित चेकजाँचमा खटिएका प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको रिक्सामा सवार उनीहरूको साथबाट गोलीसहित पेस्तोल बरामद गरेको हो । पक्राउ परेका किशोरहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

कटुवा पेस्तोलसहित नेपालगञ्जबाट दुई किशोर पक्राउ

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

कटुवा पेस्तोलसहित नेपालगञ्जबाट दुई किशोर पक्राउ

थितिमा छैनन् कर्णालीका डिभिजन वन कार्यालय पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *