घुयँत्राे:कार्की सरकारको ‘सम्भाव्यता’ — डेढ महिनामा समाप्ति बोनससहित

जेनजी प्रधानमन्त्रीले संसद विघटन गरेकाे विषयलाई लिएर मङ्गल बारमात्रै सर्वोच्चाँ दशाेटा रिट निवेदन दर्ता भएरे त हँ ! याे स्थितिलाई हेर्दात जेनजीहरले त सता स्वाद जम्मा जम्मी डेढ मैना मात्रै लिन्छन कि जस्तो छ । हिजाेकाे भष्टाचार अनियमितता र बेथिति हेर्दा याे सरकारले जनतालागि राम्रै गर्दैछ भनेर यसाे सेम्पेथि देखाउने ठाउँ कतैछैन अनि त न्यायाधीशहरुनि केपि ओलिकै पक्षाँ लाएर निर्णय नदिनहुने जस्तो पाे देख्खियाे त ! हिजाेका काँग्रेस ,कमिनिनिष्ट र माओवादिहरले धम्क्याएर,लुटेर,काला बजारी र दलालि गिरि गरेर खा काे देख्या जेनजीहरु आफ्नो सरकार आएछि हिजाेका दलकाले लुट्याजस्तै गरि दैनिक लुटने र खाने प्लान बनाएर हिँड्या देख्दा यीनरुनि गतिला त हैनन भनेर जनता भन्न थालिके । हुनपनि याे देशकाे हावापानी नै उस्तै हाे कि के हाे ! अनेक बहानामा मान्छेहरु राजनीतिमा आउँछन जब आउँछन तब साेझाेसाझा जनतालाईनै सताउँछन ।
०४६ सालाँ बहुदल ल्याएर के के नै गर्छम देशजति पन्च र राजा मिलेर लुटे भनेर जनतालाई मख्ख पारे जनतानि हनेला तनि भनेर आन्दोलनाँ हाेम्मिय बल्लबल्ल बहुदल आयाे । अब त केही हुन्छकि हनम्रानि सुदिन आउँछन कि भन्या सर्वसाधारण जनताका के दिन आउँथे तिनै काँग्रेस एमाले जनता र तिनका झाेलेहरका मात्रै दिन आए । जनताकाे उन्नति र देशविकास हाेला भनेर भन्या त देशाँ भाका सानातिना उद्योग धन्दानि यिनै दलवालाहरले बेचेर खाए मान्छे दिन दाे गुना रात चाैगुना बेराेजगारीले थल्लियाे युवाहरु केही सीप नलाएर अलिअलि भकाे धनसम्पति र ऋण साहु गरेर दलाललाई गुहारेर विदेशतिर हान्निन थाले हुँदाहुँदा विदेशिनेकाे लर्काे यसरी बढन थाल्याे कि गाउँघर डाँडा पाखा रित्तिए । यै माैकाँ फेरि यस्लाई निहु बनाएर माओवादि युध्द भन्दै गाउँघराँ जनसरकार र केके जाति सरकारका नाममा तत्कालिन शासक एमाले र काँग्रेसका नेता कार्यकर्तालाई गाउँदेखि लखेटेर गाउँकाे शासक बनेर माओवादिहरु मदमत्त भएर हिँन्न थाले अन्तत एमाले काँग्रेस सरकार र तिनका सेनापुलिसले गाउँघराँ शान्ति सुरक्षा दिन सकेनन । अब शासन हाम्रा हाताँ आएछि जनतालाई स्वर्गीय आनन्द दिन्छम । बाटाेघाटाे पुलपुलेसा उद्योग धन्दा राेजगार विकाश सब्बै कुरा हाम्लेनै पूरा गर्दिन्छम हाम्लाई सत्ताँ लग भने ५२ देखि ६३ सम्म जनताकाे श्रीसम्पतिमा माओवादि, ycl, जनसेना , जनसरकार जस्ता हरेक नाममा लुटनसम्म लुटे त्यसपछि माओवादिकाे सरकार आयाे विना चुनाब गिरिजाले ८४ जनालाई ल लुटि खाउ भनेर सम्विधान सभाका नाममा लुटन दिए र आँफुहरुलेनि लुटनसम्म लुटे । यतिन्जेल देश आन्दोलन लुटपाट किनबेच र बेराेजगारीले थला परि सकेकाेथियाे । तरपनि माओवादिहरु संविधान सभाका नाममा राननीतिमा आका हुनाले सम्विधान बनेछिकेहि हुन्छकि भन्या याैटा जाबाे संविधान बनाउन माओवादिहरले १०/१० बर्ष लगाई दिए । संविधानका नामा देशले विकास र समृद्धि भन्ने कुरै विर्सियाे छुटपुट विकासका काममा राजनीतिक दलका परिवारका नाम जाेडिय र पैशाकमाउनेमा उनिहरुकाे संलग्नता यति बढदै गयाेकि अब उनिहरु पैशा कमाउन प्यापार ब्यवसाय गर्नु पर्ने ठाउँमा राजनीति गर्दै गए र राजनीति सेवाबाट ब्यापारमा जाेडियाे । फलस्वरुप देशमा वेथिति र विसंगति अनि भष्टाचार माैलाउँदै गयाे । भष्टाचार माैलाउनपनि यसरी थाल्याे कि कर्मचारीले पाए कर्मचारीले,पुलिसले पाए पुलिसले, सेनाले पाए सेनाले,नेताले पाए नेताले ,कुनै याैटा समिति, आयाेग,वा संस्थाले पाए संस्थालेनै खाएर सरकारी धन स्वाहा पार्दिन थाले । जनता देशमा भष्टाचार रबेविचार बढेर पराकाष्ठामा पुग्याे भनेर रातदिन नेता र सरकारी निकायलाई खबरदारी गर्न थाले तर सम्बन्धित निकायले सुनेकाे नसुन्याै गरेर बस्याे । अन्तत देशकाे याैटा पङति अर्थात जेनजीका नाले याैटा समूह २३/२४ भदाैमा सडकमा आयाे फलत भ्रष्टहरुकाे सरकार ढल्याे । जेनजीका नामबाट सरकार बन्याे शुरुमा सरकार बन्दा त धेरैकाे अपेक्षा थियाे याे सुशिला कार्किकाे सरकारले पक्कै पनि केही गर्छ । तर कार्किकाे सरकार आएकाे पनि १ मैना नाघि सकेकाेछ ।जनताकाे माग भनेकाे पैला गाेलि हान्नेलाई पक्रिने, त्यसपछि सरकारी र निजिसम्पतिमा ताेडफाेड र आगजनि गर्नेलाई समाउने एवंरितले भष्टाचारीहरुलाई तह लगाउने र जेनजीले राखेका मागहरु क्रमिकरुपमा पूरा गर्दै जाने र फागुन २१ मा चुनाब गराएर याैटा स्थिर सरकार गराएर त्यै सरकारले सबै कुरा ब्यवस्थित गरेर जनचाहना अनुसारकाे काम गर्दै जाने । तर खै याे सरकार पनि कतैबाट जनचाहनाकाे देखिएन ।जेनजीहरुपनि असुलिमै लागेकाे देखियाे । त्यसैले हाेला पहिल्यैदेखि याे देशमा चलेकाे उखान ” सतिले श्रापेकाे देश” जतिसुकै आन्दोलन र अनेकन नाममा बनेका परिवर्तित ब्यबस्था र सरकारलेनि याे उखान बिर्साउने गरि काम गर्न सकेन । त्यसैले अहिले पनि उखान उत्तिकै सान्दर्भिक छ ।
“बिरसिक्का”






