सत्यकाे आवाज खड्क स्वाँरकाे निधन

गाेल्डेन बुढा

जुम्ला, १ मंसिर ।
जुम्लाकाे तातोपानी गाउँपालिका–४ का वरिष्ठ पत्रकार, बुद्धिजीवी खड्क स्वाँर (के.भी.जुम्ली) को निधनले सारा पत्रकारिता र बुद्धिजीवी समुदायलाई स्तब्ध बनाएको छ। करिब ६० वर्षको उमेरमा उनले आफ्नो जीवनको अन्तिम यात्रा पूरा गर्नु भयो, तर उनको योगदान, साहस र मार्गदर्शन सदैव हाम्रो स्मृतिमा अमिट रहनेछ।स्वाँर नेपाली पत्रकारिताका अग्रज, सत्यको पक्षधर र न्यायको आवाज हुनुहुन्थ्यो।

नेपाल पत्रकार महासंघ जुम्लाका पुर्व अध्यक्ष नेत्रबहादुर शाहीका अनुसार उनी नेपाल पत्रकार महासंघ, जुम्ला शाखाका संस्थापक सदस्यमध्येका एक हुनुहुन्थ्यो। नयाँ पत्रिका, समाचारपत्र, कर्णालीको सन्देश साप्ताहिक, स्थानीय रेडियो लगायतका प्रतिष्ठित सञ्चार माध्यममा उनले आफ्नो जीवन समर्पित गर्नुभयो।उनको पत्रकारिता केवल खबर लेख्ने कार्य थिएन; यो साहसको पाठ थियो। युद्वकालमा समाचार लेख्ने कारण ९१ दिन हिरासतमा बस्नुपरेको उनको जीवन संघर्ष सत्य र न्यायप्रतिको अडिग प्रतिबद्धताको प्रमाण हो। उनले देखाउनुभएको निष्ठा र साहस आजका युवा पत्रकारका लागि मार्गदर्शक बनेको छ।स्वाँर बुद्धिजीवीको रूपमा पनि अनुकरणीय हुनुहुन्थ्यो। उनका विचार, अनुभव र शिक्षाले जुम्ला समाज र पत्रकारिता क्षेत्रमा उज्यालो ल्याएको छ। उनको निधनले हामी सबैमा खालीपनको अनुभूति छोडेको छ।उनको परिवारमा एक छोरा र चार छोरी हुनुहुन्छ।आइतबार  उनको दाहसंस्कार हिन्दु परम्परागत अनुसार भएको छ।

पुर्व अध्यक्ष शाही भन्छन् स्वर्गीय खड्क स्वाँर प्रति हार्दिक श्रद्धाञ्जली अर्पित गर्दै, शोकमा डुबेका परिवार र आफन्तजनलाई धैर्य धारण गर्ने शक्ति कामना गर्दछौं।खड्क स्वार (के.भी. जुम्ली)को साहस, बुद्धिमत्ता र मानवताको दृष्टान्त सधैं हाम्रो प्रेरणा बन्नेछ। उनको सम्झना हाम्रो हृदयमा अमर रहनेछ।

सत्यकाे आवाज खड्क स्वाँरकाे निधन

राज्यका सम्पत्तिमा जेन्जिको नाममा तोडफोड र आगजनी

सत्यकाे आवाज खड्क स्वाँरकाे निधन

दोस्रो संस्करणको एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर

Leave a comment

Your email address will not be published. Required fields are marked *