“स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा आवश्यक: मुख्यमन्त्री आचार्य”

बाँके,३१ असार।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगी र दीर्घकालीन स्वस्थ जीवनयापनका लागि योग तथा प्राकृतिक चिकित्सालाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभएको छ।

बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको अवलोकन भ्रमणका क्रममा मंगलबार बोल्दै मुख्यमन्त्री आचार्यले अस्तव्यस्त जीवनशैलीका कारण बढ्दै गइरहेका रोगहरू समाधान गर्न प्राकृतिक चिकित्सा प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो।

“विभिन्न रोग र स्वास्थ्य समस्याले अहिलेको समाजलाई सताइरहेको छ। यस्तो अवस्थामा योग र प्राकृतिक चिकित्सा अत्यन्त उपयोगी छन्। सरकारले यस क्षेत्रमा विशेष प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो।

मुख्यमन्त्री आचार्यले प्राकृतिक उपचार विधिबाट धेरै स्वास्थ्य समस्या समाधान हुन सक्ने भएकाले यसको विकास र प्रवर्द्धनका लागि साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।

गत वर्षदेखि समुदायको सक्रियतामा सञ्चालनमा आएको अस्पतालबाट हालसम्म सयौं बिरामीले सेवा लिइसकेका छन्। अस्पतालका अनुसार लामो समयदेखि नसा च्यापिने, टाउको तथा पेट दुख्ने, पिनास, ग्यास्ट्रिकजस्ता समस्याका बिरामीले प्राकृतिक उपचारबाट राहत पाइरहेका छन्।

संस्थाका अध्यक्ष नमप्रसाद शर्माका अनुसार हाल अस्पतालमा १ जना चिकित्सक र १२ जना उपचारकसहित १३ जना कर्मचारी कार्यरत छन्। अस्पतालमा दैनिक २० देखि २५ जना बिरामी सेवा लिन आउने गरेका छन्।

मुख्यमन्त्रीको अवलोकनले समुदायस्तरमा सञ्चालित प्राकृतिक अस्पतालप्रति सरकारको चासो र समर्थन रहेको संकेत गरेको छ।

 

“स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा आवश्यक: मुख्यमन्त्री आचार्य”

“बिपदका बेला प्रभावकारी संचार अपरिहार्य” : एनटिभी

“स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा आवश्यक: मुख्यमन्त्री आचार्य”

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित मिडिया सञ्चालक

Leave a comment

Your email address will not be published. Required fields are marked *