भोलीदेखि बाँकेका निजी विद्यालयहरु संचालन हुने

बाँके ,२८ भदौ।

बाँकेमा भोलीदेखि निजी विद्यालयहरु संचालन हुने भएका छन् । जेनजीका प्रदर्शनपछि उत्पन्न परिस्थिति सहज बन्दै गएकाले आइतवारदेखि पठनपाठन नियमित हुने भएको हो ।
निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेले शनिवार विज्ञप्ति जारी गर्दै यथासमयमा विद्यालय संचालन गर्न अनुरोध समेत गरेको छ । लामो समय विद्यालय बन्द राख्न विद्यार्थीहरुको शैक्षिक गतिविधिमा ठूलो असर पर्ने भएकाले यसमा अभिभावकहरुलाई पनि सहयोग गरिदिन प्याब्सनले आग्रह गरेको छ ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जेनजीको प्रदर्शनमा भएको ठूलो धनजनको क्षतीप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउने विद्यार्थीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छ ।

भोलीदेखि  बाँकेका निजी विद्यालयहरु संचालन हुने

जुम्ला कारागारमा कैदी फर्किने क्रम जारी:शुक्रबार ५

भोलीदेखि  बाँकेका निजी विद्यालयहरु संचालन हुने

घुयँत्राे:नेताका खल्ती, जनता झल्की — २७ घण्टाको

Leave a comment

Your email address will not be published. Required fields are marked *