जुम्ला कारागारमा कैदी फर्किने क्रम जारी:शुक्रबार ५ जना प्रहरीको नियन्त्रणमा २५ अझै फरार

गाेल्डेन बुढा

जुम्ला,२७ भदौ।
जुम्ला कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम चलिरहेको छ।३६ जना भागेकाहरुमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। जुम्लाका प्रहरी डिएसपी रबिनबाबु रेग्मीका अनुसार शुक्रबारमात्रै ५ जना कैदीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा सन्तोष सार्की,भक्त राज शाही,पुन्न वि.क, डम्बर नेपाली र सुरेन्द्र महत छन्। यस्तै प्रेम राजा महत ,दिनेश लावड,हिक्मत गिरी,डिली कार्की,भिम प्रसाद कडायत र हुकुम शाही छन्।

गत मंगलबार राति कारागारमा ४१ जना भागेका थिए।प्रहरीले मंगलबार राति नै ५ जनालाई नियन्त्रणमा लिएर कारागारमा राखिसकेको थियो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले भने, अन्य बाकी कैदीको प्रहरीले खोजी गरिरहेको छ ।’एक नाबालकसहित ९८ जना कैदीबन्दी थिए। पाँच जना महिला कैदीबन्दी भने कारागारमै बसेका थिए । उनीहरुले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका हुन् ।’ अहिले २५ जना कैदीबन्दी अझै फरार छन्। डीएसपीले रेग्मीले थपे, ‘अहिले भेटिएकाहरुलाई नियन्त्रणमा लिइरहेका छौं । नभेटिएका कैदीबन्दीका आफन्तहरुको सम्पर्क नम्बर पत्ता लगाएर सम्झाइबुझाइ गर्ने कार्य चलिरहेको छ।’अहिले प्रहरीले भागेका कैदीबन्दी सम्पर्कमा नआएर कैद सजाय बढ्न सक्ने समेत चेतावनी दिइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले भागेका कैदीबन्दी समयमै फर्किन सार्वजनिक रुपमा अपिलसमेत गरेको छ । अहिले जिल्ला कारागार जुम्लाका नेपाल प्रहरी,सशस्त्र प्रहरी नेपाली सेनाले संयुक्त रुपमा सुरक्षा दिइरहेको छ ।

जुम्ला कारागारमा कैदी फर्किने क्रम जारी:शुक्रबार ५ जना प्रहरीको नियन्त्रणमा २५ अझै फरार

जुम्लामा शनिबार बिहान ५ बजेसम्म कर्फ्यु

जुम्ला कारागारमा कैदी फर्किने क्रम जारी:शुक्रबार ५ जना प्रहरीको नियन्त्रणमा २५ अझै फरार

भोलीदेखि बाँकेका निजी विद्यालयहरु संचालन हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *