मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै पुर्व पश्चिम् रागमार्ग अबरुद्ध

बाँके २५, बैशाख ।
बाँबसको ठक्करबाट मृत्यु भएका ब्यक्तीका परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले बिहीबार दिउँसो देखि अहिलेसम्म कोहलपुरम अमिलिया दाङ सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका छन् । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गईरहेको बसले हिजो बाँकेको कुसुममा ठक्कर दिदाँ ढकेरीका अन्दाजी ३३ वर्षका सुदिप सुवेदीको मृत्यु भएको थियो ।

मृतकका परिवार तथा आफन्तले बीमा रकम बाहेक थप क्षतिपुर्ति दिनुपर्ने माग गर्दै अहिले सम्म कोहलपुर अमिलिया सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका हुन् । सो क्रममा प्रहरीले केही प्रर्दशनकारीलाई नियन्त्रणमा समेत लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनालले जानकारी दिनुभएको छ।। उक्त दुर्घटनामा परी ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएका छन् । मृतकका आफन्तले बाटो अबरुद्द गर्दा अहिले पुर्व पश्चिम् जाने यात्रुहरु अलपत्र परेका छन् ।

मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै पुर्व पश्चिम् रागमार्ग अबरुद्ध

“चुरे बचाउ, जीवन जोगाउ : चमेरेमा सरोकारवालासँग

Leave a comment

Your email address will not be published. Required fields are marked *