अन्तरप्रदेशीय समन्वय सुदृढ गर्दै लुम्बिनी र कोशी प्रदेशबीच छलफल

२२, बैशाख २०८२
दाङ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभा सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबीच सोमवार देउखुरीमा अन्तरप्रदेशीय समन्वय तथा सिकाइ आदानप्रदान सम्बन्धी छलफल सम्पन्न भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयता संस्थागत गर्न प्रदेशहरूबीचको समन्वय र सहकार्य अत्यावश्यक भएको बताउँदै, “प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा पूर्वाधार विकास, सामाजिक सुधार र मानव पुँजी निर्माणका उल्लेखनीय प्रयासहरू भएका छन्,” भन्नुभयो। उहाँले कानुन निर्माणदेखि असल अभ्यासहरूको आदानप्रदानलाई सिकाइको माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशको कानुन निर्माण, प्रभावकारी कार्यान्वयन र प्रशासनिक केन्द्र निर्माणका अनुभवहरू कोशी प्रदेशका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले यस्ता सिकाइ आदानप्रदानले प्रदेशहरूबीच भावनात्मक नजिकिने अवसरसमेत प्रदान गर्ने भएकाले यो अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

छलफल कार्यक्रममा नेपाली कांग्रेसकी सचेतक शोभा लिम्बु, नेकपा माओवादी केन्द्रकी सचेतक गीता तिम्सिना, नेकपा (एस) का सचेतक विद्या चाम्लिङ राई, राप्रपाका सचेतक गोपाल गजमेर लगायत सहभागी थिए।
लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री आचार्यसँगै प्रदेश सभा सदस्य यमबहादुर नेपाली, निमा गिरीलगायत प्रतिनिधिहरू सहभागी भएका थिए।

 

 

अन्तरप्रदेशीय समन्वय सुदृढ गर्दै लुम्बिनी र कोशी प्रदेशबीच छलफल

कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण सुभारम्भ : घातक

Leave a comment

Your email address will not be published. Required fields are marked *