नरैनापुर र जानकी गाउँपालिकामा हजरत मोहम्मदको १५००औं जन्मजयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा

१९, भदौ २०८२

बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफाको १५००औं जन्मजयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गर्दै भोलि शुक्रबार पालिकाभित्र सार्वजनिक बिदा रहने जानकारी दिनुभएको हो।

यसैगरी जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खानले पनि विज्ञप्ति प्रकाशित गर्दै पालिकाभित्र शुक्रबार सार्वजनिक बिदा हुने घोषणा गर्नुभएको छ।

मुस्लिम समुदायले हरेक वर्ष इस्लामी पात्रो हिजरी संवतको रब्बीअव्वल महिनाको १२ गते हजरत मोहम्मदको जन्मजयन्ती विभिन्न धार्मिक कार्यक्रमसहित मनाउने परम्परा रहेको छ। यस अवसरमा नाअत शरिफ वाचन, मिलादुननबी, उनका उपदेश स्मरण र सचित्र चरित्र वाचन गरिन्छ।

नरैनापुर र जानकी गाउँपालिकामा हजरत मोहम्मदको १५००औं जन्मजयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा

रानी जमराको कृषिकार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

नरैनापुर र जानकी गाउँपालिकामा हजरत मोहम्मदको १५००औं जन्मजयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा

बाँकेमा एकजना बालकको इन्सेफलाइटिसबाट मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *