कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रुख काटिए 

कञ्चनपुर, १८ मङ्सिर । 

कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा रुख कटान भएको पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार सामुदायिक वनमा ११६ खयर, २२ सिसौ र एक कन्जु गरी १३९ रुख काटेको पाइएको छ । ठूलो सङ्ख्यामा काँचा रुख काटेको पाइएपछि सवडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकेर छानबिन (अनुसन्धान) प्रक्रिया अगाडि बढाइको छ ।

अनुसन्धान प्रक्रियापश्चात् पेस गरिने प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने कार्यालय प्रमुख डिसीले बताए । “सामुदायिक वनका अध्यक्ष र वडाध्यक्ष बाहिर रहेका बेला फिल्मी शैलीमा रुख अवैध रुपमा कटानी भएको पाइएको छ”, डिसिले भने, “अनुगमन गर्दा ठूलो सङ्ख्यामा रुख कटानी भएको पाएका छौँ ।”

रुख कटानी गरी गायब पारे पनि रुखका ठुटाबाटै बिगो कायम गर्न सकिने उनले उल्लेख गरे । “अनुसन्धानपश्चात् जोसुकै, जुनसुकै ओहदाको व्यक्ति भए पनि दोषी ठहरिए वन ऐनअनुसार हदैसम्मको कारबाही हुन्छ”, उनले भने, “वन फडानी प्रकरणबारे परामर्श गर्नका लागि प्रदेशस्थित मन्त्रालयका सचिवसँग परामर्श गर्नका लागि आज जान लागेको छु, सचिवको निर्देशनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

दोषीलाई नियन्त्रणमा लिएर छिट्टै कारबाही प्रक्रिया अगाडि बढने उहाँको भनाइ छ । उहाँका अनुसार सामुदायिक वनमा यही मङ्सिर ११ गते दिउँसो १ बजेको समयमा योजनाबद्ध रुपमा रुख कटानी गरिएका थिए । रुख कटानी गरिरहेको भिडियो र तस्बिर वन कार्यालयमा प्राप्त भएको उनको भनाइ छ ।

कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रुख काटिए 

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रुख काटिए 

स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

Leave a comment

Your email address will not be published. Required fields are marked *