६९ औं बार्षिकोत्सवमा अन्तर बैंक फुटसल प्रतियोगिता

नेपाल राष्ट्र बैंकको ६९ औं बार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेश स्तरिय तेस्रो अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयको आयोजनामा वीरेन्द्रनगरस्थित एमएनएस हेल्थ क्लव एण्ड फिटनेशमा प्रतियोगिता सम्पन्न भएको थियो ।

नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालय प्रमुख बाबुराम कोइरालाले खेलकुद प्रतियोगिताले शारिरीक, मानसिक स्वस्थ राख्नुका साथै बैंकहरुबीचको हार्दिकतामा बृद्धि हुने हुँदा आगामी बर्ष अझ उल्लासमय तथा रचनात्मक तवरले बार्षिकोत्सव कार्यक्रम गरिनेसमेत विचार व्यक्त गरेका थिए ।

कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाहरुबाट १७ वटा टिमको सहभागिता रहेको थियो । कार्यालय प्रमुख कोइरालाको अध्यक्षता र नेपाल बैंकर्स संघ, कर्णाली च्याप्टरका संयोजक तथा प्रतिनिधि, कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुखहरु तथा शाखा प्रमुखहरुको उपस्थितीमा समापन तथा पुरस्कार वितरण गरिएको थियो ।

उक्त फुटसल प्रतियोगिताको विजेता ग्लोबल आइएमई बैंक लिमिटेड, उपविजेता प्रभु बैंक लिमिटेड, सर्बोत्कृष्ट खेलाडी कृषि विकास बैंक लिमिटेडका ललित कुमार बराल मगर, सर्वाधिक गोलकर्ता प्रभु बैंक लिमिटेडका राज वाल्मिकी र उत्कृष्ट गोलरक्षक प्रभु बैंक लिमिटेडका दिपक राज वि.सि.लाई पुरस्कार वितरण गरिएको थियो ।

६९ औं बार्षिकोत्सवमा अन्तर बैंक फुटसल प्रतियोगिता

पर्यटनको प्रचुर सम्भावना बोकेको शे फोक्सुण्डो