जीवनज्योतिको एयरपोर्ट चोकमा सेवा कार्यालय


जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–१० सुर्खेतको आईएमई एवं सेवा केन्द्र कार्यालय उद्घाटन गरिएको छ । वीरेन्द्रनगर–१०, एयरपोर्ट चोकमा बुधबार लक्ष्मी पुजाको अवसरमा उद्घाटन गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष डिल बहादुर रखालको प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा एक कार्यक्रमवीच सेवा शुभारम्भ गरिएको छ । वीरेन्द्रनगर–१० घुस्रा केन्द्रीय कार्यालय रहेको सहकारीले विगत ६ बर्षदेखि आईएमई सेवा तिनकुने चोकबाट दिँईदै आएको थियो । सेवा कार्यालयबाट सहकारीले दिने बचत संकलन, आइएमइ, ऋण लगानी, सदस्यता वितरणका काम गरिने जनाइएको छ ।

२०० फागुन २ गतेसम्म सेयर पुँजी एक करोड ६७ लाख चार हजार दुई सय रुपैयाँ,सेयर सदस्य ६९ जना रहेको सहकारीको जनाइएको छ । उद्घाटनकै क्रममा पहिलो दिन एक करोडबढी सेयर सदस्यहरुबाट निक्षेप, बचत रकम संकलन भएको अध्यक्ष थापाले जानकारी दिए ।

जीवनज्योतिको एयरपोर्ट चोकमा सेवा कार्यालय

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति

जीवनज्योतिको एयरपोर्ट चोकमा सेवा कार्यालय

प्राकृतिक खोलानाला संरक्षणमा नगरको आलटाल