बल्ल पायो, पालिकाले प्रशासकीय भवनको लागि जमिन

संघीयता आएको सात वर्षपछि ठाँटीकाँध गाउँपालिकाले प्रशासकीय भवनको लागि जमिन पाएको छ । सोही पालिका वडा नं.–६ का प्रेमबहादुर थापाले ६ रोपनी जमिन दान गरेपछि पालिकाले प्रशासकीय भवनको लागि जमिन पाएको हो । थापाले दान गरेको जमिन बुधवार मालपोत कार्यालय दुल्लूमा गएर पालिकाको नाममा ६ रोपनी जमिन पास गरेका हुन् ।

थापाले जमिन उपलब्ध गराएपछि प्रशासकीय भवन टुंगो लागेको छ । जमिनको टुंगो नलाग्दा पालिकाले भाडाकै घरबाट सेवाग्राहीलाई सेवा दिदै आएको थियो । एउटै घरमा आवश्यक कोठा नहुँदा पालिकाले चार वटा घर भाँडामा लिएर कार्यालय सञ्चालन दिईरहेको गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले बताए ।

२०७४ सालमा निर्वाचित गाउँपालिकाले अध्यक्षले जमिन टुंगो लगाउन नसक्दा भाँडाकै घरबाट कार्यालय सकियो । ‘म निर्वाचित आएदेखी जमिनको टुंगो लगाउन धेरै प्रयासपछि आज बल्ल पालिकाले जमिन पायो । जमिन उपलब्ध गराउने दानविरलाई म धन्यवाद दिन्छु । अब मैले, मेरै कार्यकालमा प्रशासकीय भवन बनाएर आम नागरिकले भवनबाट सेवा पाउने छन् । पालिकाले बार्षिक २२ लाख भाडातिरेर आम नगारिलाई सेवा दिईरहका छौं’ उनले भने ।

लामो समयपछि बल्ल पालिकाको प्रशासकिय भवनको लागि जमिन प्राप्त भएको छ । अब भवन निर्माण गर्न बजेट व्यबस्थापनको लागि संघीय सरकारसँग तत्काल माग गरी निर्माण प्रक्रियामा अगाडि बढाईने गाउँपालिका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले बताए । ‘पायक पर्ने ठाउँमा जमिन प्राप्त भएको छ, बरु ठाँटीकाँधबासीले छिटो भवन निर्माण गर्न दबाब दिनुभएको छ’, संयोजक शाहीले थपे ।

जग्गा एक बर्ष अघि नै पालिका उपलब्ध गराउने मन त थियो । जग्गा दाताले लाभकर दिन नसक्ने भएपछि आजसम्म रोकिएको दानविर प्रेम थापाले जानकारी दिए । म सँग जमिन थियो तर लाभकर तिर्ने पैसा थिएन आज सम्म रोकियो । हामी जग्गा पनि दान गर्ने पैसा तिर्ने भएपछि हामी सक्दैनौ भएर पन्छियौं । अहिले लाभकर तिर्ने पैसा भयो पालिकाको भवनको लागि जमिन दान ग¥यौं’, खुशी हुँदै उनले भने ।

बल्ल पायो, पालिकाले प्रशासकीय भवनको लागि जमिन

प्रदेश सभा कानून बनाउने कि भत्ता खाने

बल्ल पायो, पालिकाले प्रशासकीय भवनको लागि जमिन

शिक्षक महासङ्घको अध्यक्षमा सुवेदी