मोटर साइकल दुर्घटनामा एकको मृत्यु

जुम्लाको पातारासी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ८ गाउँपालिका–५ को तल्लो लार्पा भन्ने ठाउँमा क १ प २०७७ मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार पातारासी गाउँपालिका–५ निवासी २९ वर्षीय मीन बहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते बुढाको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बुढालाई तत्काल आफन्तले स्थानीयले गाउँपालिकाको एम्बुलेन्समा उपचारका लागि प्रतिष्ठान पु¥याएका थिए । साँगुरो र अप्ठेरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल सडकबाट करिब ७५ मिटर तल जुवा नदिमा खसेको थियो ।

मोटर साइकल दुर्घटनामा एकको मृत्यु

झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड अड्किए,

मोटर साइकल दुर्घटनामा एकको मृत्यु

गोपालले स्ट्रबेरी बेचेर गरे मनग्ये आम्दानी