देश र जनताको उन्नतिका लागि दलहरू बलियो हुनुपर्ने


पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रमा देश र जनताको उन्नति, प्रगतिका लागि दलहरू बलियो हुनुपर्ने बताईन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमवार पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले देशको राजनीति ठिक ढंगले अघि बढाउन पनि दलहरू बलियो बन्नुपर्ने उनको भनाई छ ।

उनले लोकतन्त्रका तत्त्वहरू भनेको राजनीतिक दलहरू भएकाले दलहरू कमजोर भएमा देश कमजोर हुने बताए । उनले दलहरूले निश्चित आ–आफ्नो मूल्य मान्यता र आर्दश बोके पनि देश र जनताका लागि राजनीतिक पार्टीहरूले सिद्धान्तनिष्ठ रुपमा कर्तव्य पुरा गर्न आग्रह गर्दै दलहरू पूर्वाग्रहबाट माथि उठ्नुपर्ने बताईन् ।

पूर्व राष्ट्रपति भण्डारीले सोमवारका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको उल्लेख गर्दै महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताईन् ।

उनले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी ५ सय शय्यासम्म पु¥याउन आग्रह गरिन् ।

उनले भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका लागि बालबालिकाको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको बताईन् ।

देश र जनताको उन्नतिका लागि दलहरू बलियो हुनुपर्ने

धनुषाका उमेश ठाकुर जुम्लामा सैलुन चलाउँन पुगे

देश र जनताको उन्नतिका लागि दलहरू बलियो हुनुपर्ने

सल्यानमा आत्महत्या विरुद्ध समूदाय लक्षित विशेष अभियान