लागूऔषध ब्राउन सुगर सहित चार जना प्रकाउ


लागूऔषध ब्राउन सुगर सहित चार जना प्रकाउ परेका छन् । लागूऔषधको करोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेतले प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा वीरेन्द्रनगर–ं८ बस्ने जिवन मर्साङ्गी, वीरेन्द्रनगर–६ बस्ने २१ वर्षिय गौरव रावल, हुम्ला चंखेली गाउँपालिका–६ घर भई हाल वीरेन्द्रनगर–५ बस्ने २३ वर्षिय सुर्य शाही, वीरेन्द्रनगर–५ बस्ने २६ वर्षिय सुवास खत्री रहेका छन् । उनीहरुलाई छुट्टाछुट्टै ठाउँबाट प्रकाउ गरिएको हो ।

जिवन मर्साङ्गी र गौरव रावललाई शुद्ध एक ग्राम १० मि.ग्रा, सुर्य शाहीलाई शुद्ध तीन सय ७० मिलिग्राम र सुवास खत्रीलाई शुद्ध एक ग्राम १० मिलिग्राम लागुऔषध ब्राउनसगुरजस्तो धुलो पदार्थ सहित प्रकाउ गरेको जिल्ला प्रहरी सुर्खेतले जनाएको छ ।

उनीहरुलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईसुर्खेत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

लागूऔषध ब्राउन सुगर सहित चार जना प्रकाउ

खेलकुद पत्रकारिता सम्बन्धि तालिम

लागूऔषध ब्राउन सुगर सहित चार जना प्रकाउ

सम्पादकीय : विद्यार्थीसँगै मोटो रकम पनि बाहिरियो