तरल नाइट्रोजन प्लान्ट निर्माणको प्रकृया सुरु

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माणको प्रकृया सुरु गरेको छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत तरल नाइट्रोजन प्लान्ट निर्माण प्रक्रिया थालनी गर्न कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले तरल नाइट्रोजन प्लान्ट स्थापना तथा सन्चालनको लागी सुदुरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छन् ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा सहित कृषि मन्त्रालयबाट गएको टोलीले तरल नाइट्रोजन प्लान्टको अध्ययन तथा अवलोकन गरेको हो ।
अध्ययन तथा अवलोकनमा जानुभएका कृषि मन्त्री भिम प्रकाश शर्मा र सुदुरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री कैलाश चौधरीका बिचमा तरल नाइट्रोजन प्लान्ट स्थापनाका बारेमा समन्वयात्म तथा सहकार्यका लागि सिकाइ तथा ब्यबहारिक अभ्यासबारे छलफल भएको छ ।
कर्णाली प्रदेश सरकारले लिएको लक्ष्य अनुरुप गरिएको तरल नाइट्रोजन प्लान्टको अध्ययन तथा अवलोकनबाट तरल नाइट्रोजन प्लान्ट स्थापनाको प्रकृया अगाडि बढाइने छ ।






